default_image

12 months ago

March 10, 2024

बागलुङ सुधार केन्द्रको जित

293 views

0 Bookmark

अर्जुन कार्की,बागलुङ

बागलुङमा दोस्रो अर्ना जेसीज कप फुटबल प्रतियोगिता आईतबार सुरु भएको छ ।

प्रतियोगिताको पहिलो दिन बागलुङ सुधार केन्द्र र जिल्ला फुटबल संघ म्याग्दी विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

उद्घाटन खेलमा विदेशी खेलाडी साम्बो ओस्कारको ह्याट्रिक मद्धतमा बागलुङ सुधार केन्द्रले चिल्ड्रेन लाईफ स्पोर्टस् क्लब बागलुङलाई ५–० गोलअन्तरले पराजित गर्यो ।

दुई विदेशी खेलाडी सहित मैदान उत्रिएको बागलुङ सुधार केन्द्रको लागि खेलको अभिषेक राना र बेनम थकालीले समान १ गोल गरेका थिए । बागलुङ सुधार केन्द्रले मंगलबार गुठी युनाइटेडसंग खेल्नेछ ।

अर्को खेलमा जिल्ला फुटबल संघ म्याग्दीले लालदुर्गा फुटबल क्लबलाई ४–२ ले पराजित गरेको छ । म्याग्दीका सनम विकले २ , विपुल कार्की र मनिष श्रेष्ठ समान १ गोल गरे । लाल दुर्गाका अनिश तामाङ र लाक्पा तामाङले गोल गरे।

म्याग्दीले मंगलबार हुने खेलमा साविक विजेता श्रीमेयर गणको सामना गर्ने छ । प्रतियोगिताको दोस्रो दिन सोमबार मुलपानी फुटबल क्लब र रुद्रेपिपल युथ क्लब तथा संकल्प पुर्नस्थापना केन्द्र र आदर्श स्पोर्टस् क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

चैत २ गतेसम्म संचालन हुने प्रतियोगितामा साविक विजेता धौलागिरी अञ्चलका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका १२ वटा टोलीको सहभागिता छ।

प्रतियोगिताको विजेता १ लाख ५५ हजार ५ सय ५५ र दोस्रो टोलीले ७५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ। यस्तै सेमिफाइनल पुग्ने टोलीले १५ हजार रुपैयाँ प्राप्त गर्ने जेसीज बागलुङका अध्यक्ष गणेश महतोले जानकारी दिए । प्रतियोगिताका विधागत उत्कृष्ट खेलाडीलाई‌ पुरस्कृत गरिनेछ।

February 24, 2025

फोर नेसन्स फाइनलको टिकटमा दोब्बरले वृद्धि

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपको फाइनलका लागि एन्फाले जारी गरेको टेण्डर गर्दा भएको सम्झौता अनुरुप टिकट मुल्यमा दोब्बरले वृद्धि भएको छ। नेपाल र म्यानमार बिच बुधवार हुने फाइनल खेल लागि भिआइपी पाराफिटका लागि २ हजार रुपैयाँ र साधारण पाराफिटका लागि १ हजार रुपैयाँ टिकट दर कायम गरिएको छ। लिगमा भिआइपीतर्फ १ हजार […]

February 24, 2025

आर्मी केपी ओली कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले केपी ओली कप २०२५ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । एन्फा कम्पलेक्समा सम्पन्न विभागीय प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई २-० ले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे । नवयुगले खेलको १९ औं मिनेटमा गोल गर्दै […]

February 24, 2025

बायर्नको सहज जित

एजेन्सी – लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्ध सहज जित दर्ता गरेको छ । आइतवार भएको खेलमा बायर्नले फ्रयांकफर्टमाथि ४-० को सहज जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा माइकल ओलिस, हिरोको इतो, जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा ओलिसको गोलमार्फत […]

Success

Thank you for your time.