12 months ago
March 10, 2024
एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आईतबार साँझ भएको पहिलो खेलमा टोटेनहम हटस्परले सानदार जित दर्ता गरेको छ । टोटेनहमले एस्टन भिल्ला विरुद्ध ४-० को फराकिलो जित दर्ता गरेको हो ।
टोटेनहमको सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । सुरुवाती अग्रता खेलको ५०औं मिनेटमा पापे सारको असिस्टमा जेम्स म्याडिसनले दिलाएका थिए ।
त्यसको तीन मिनेट पछि ब्रेनान जोन्सनले ह्यूङ मिन सनको पासको सदुपयोग गर्दै अग्रता दोब्बर बनाए । ६५औं मिनेटमा भिल्लाका जोन मक्गिन डेस्उटिनी उडोगी माथि फाउल गरेपछि सोझै रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए ।
त्यसपछि खेलको अन्त्यतिर टोटेनहमले थप दुई गोल गर्यो । इन्ज्युरी समयको पहिलो र तेस्रो मिनेटमा क्रमसः सन र टिमो वेर्नरले गोल गर्दै टोटेनहमको जित सुनिश्चित गरे ।
जित पछि पाँचौं स्थानमा रहेको टोटेनहमको २७ खेलमा ५३ अंक भएको छ । भिल्ला भने २८ खेलमा ६४ अंक सहित चौथो स्थानमा छ ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपको फाइनलका लागि एन्फाले जारी गरेको टेण्डर गर्दा भएको सम्झौता अनुरुप टिकट मुल्यमा दोब्बरले वृद्धि भएको छ। नेपाल र म्यानमार बिच बुधवार हुने फाइनल खेल लागि भिआइपी पाराफिटका लागि २ हजार रुपैयाँ र साधारण पाराफिटका लागि १ हजार रुपैयाँ टिकट दर कायम गरिएको छ। लिगमा भिआइपीतर्फ १ हजार […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले केपी ओली कप २०२५ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । एन्फा कम्पलेक्समा सम्पन्न विभागीय प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई २-० ले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे । नवयुगले खेलको १९ औं मिनेटमा गोल गर्दै […]
February 24, 2025
एजेन्सी – लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्ध सहज जित दर्ता गरेको छ । आइतवार भएको खेलमा बायर्नले फ्रयांकफर्टमाथि ४-० को सहज जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा माइकल ओलिस, हिरोको इतो, जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा ओलिसको गोलमार्फत […]