12 months ago
March 10, 2024
सुशिल पन्त क्षेत्री ,चितवन
गोलकिपर सुनिल गुरुङको उत्कृष्ट प्रदर्शनमा सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपमा रामपुर एफसी रड्स विजयी भएको छ ।
आइतबार सम्पन्न खेलमा रामपुरले एभरेष्ट क्लबलाई निराश बनायो । प्रतिस्पर्धात्मक खेलमा रामपुरले एभरेष्टलाई सडन डेथमा पराजित गर्यो ।
त्यसअघि निर्धारित समय १-१ को बराबरीमा सकिएको थियो । अनिल राना मगरले २४ औं मिनेटमा गोल गर्दै रामपुरलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमै एभरेष्टले बराबरी गोल फर्कायो । पहिलो हाफको इन्ज्युरी समयमा उत्कृष्ट फ्रिकिक गोल गर्दै कप्तान रोशन क्षेत्रीले एभरेष्टलाई खेलमा फर्काए ।
निर्धारित समयमा १-१ को बराबरीपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो। टाइब्रेकरमा पनि ४-४ को बराबरीपछि सडन डेथमा रामपुरले बाजि मार्यो ।
रामपुरका गोलकिपर सुनिल म्यान अफ दि म्याच भए । सहिद स्मृति प्रतिष्ठानकी अध्यक्ष संगीता भट्टराई र मुख्य प्रायोजक सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङका प्रिन्सिपल यज्ञ विलास पौडेलले ट्रफी प्रदान गरे ।
चितवन ११ फुटबल क्लबको आयोजनामा जारी प्रतियोगितामा सोमबार कैलाश युथ क्लब र एपिएफ भण्डारा भिड्नेछन् । खेल दिउँसो ३ बजे हुनेछ ।
चैत १० गतेसम्म चल्ने प्रतियोगितामा १२ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले ३ लाख ३ हजार तथा दोस्रो टोलीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपको फाइनलका लागि एन्फाले जारी गरेको टेण्डर गर्दा भएको सम्झौता अनुरुप टिकट मुल्यमा दोब्बरले वृद्धि भएको छ। नेपाल र म्यानमार बिच बुधवार हुने फाइनल खेल लागि भिआइपी पाराफिटका लागि २ हजार रुपैयाँ र साधारण पाराफिटका लागि १ हजार रुपैयाँ टिकट दर कायम गरिएको छ। लिगमा भिआइपीतर्फ १ हजार […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले केपी ओली कप २०२५ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । एन्फा कम्पलेक्समा सम्पन्न विभागीय प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई २-० ले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे । नवयुगले खेलको १९ औं मिनेटमा गोल गर्दै […]
February 24, 2025
एजेन्सी – लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्ध सहज जित दर्ता गरेको छ । आइतवार भएको खेलमा बायर्नले फ्रयांकफर्टमाथि ४-० को सहज जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा माइकल ओलिस, हिरोको इतो, जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा ओलिसको गोलमार्फत […]