12 months ago
March 10, 2024
काठमाडौं (हाम्रो खेलकुद) – भारतीय महिला लिग अन्तर्गत सेथु एफसीले १२ औं चरणको खेलमा स्पोर्ट्स ओडीशालाई ३-० ले पराजित गरेको छ ।
नेपाली गोलरक्षक एन्जिला तुम्बापो सुब्बा र डिफेन्डर गीता रानाले क्लिनसिट राखे । १९ औं मिनेटमा माल्भिकाले सेथुलाई अग्रता दिलाइन् । २७ औं मिनेटमा काभ्या पक्किर्समीले अग्रता दोब्बर पार्दा दोस्रो हाफमा काजल डी सुजाले गोल गर्दै जित पक्का गरिन् ।
यता स्पोर्ट्स ओडीशाका लागि नेपाली डिफेन्डर अमृता जैशीले खेलेकी थिइन् । रश्मी घिसिङ भने चोटका कारण खेलेकी थिइनन् ।
यस जितसँगै सेथु १० खेलमा १३ अंकसहित पाँचौ स्थानमा छ । ओडीशा भने ११ खेलमा २ अंकसहित पुछारमा छ । चौथो स्थानको हप्सको १३ अंक छ भने किकस्टार्ट २० अंकसहित तेस्रोमा छ । ओडीशा २५ अंक र गोकुलम केरला २३ अंकसहित शीर्ष २ स्थानमा छन् ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपको फाइनलका लागि एन्फाले जारी गरेको टेण्डर गर्दा भएको सम्झौता अनुरुप टिकट मुल्यमा दोब्बरले वृद्धि भएको छ। नेपाल र म्यानमार बिच बुधवार हुने फाइनल खेल लागि भिआइपी पाराफिटका लागि २ हजार रुपैयाँ र साधारण पाराफिटका लागि १ हजार रुपैयाँ टिकट दर कायम गरिएको छ। लिगमा भिआइपीतर्फ १ हजार […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले केपी ओली कप २०२५ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । एन्फा कम्पलेक्समा सम्पन्न विभागीय प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई २-० ले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे । नवयुगले खेलको १९ औं मिनेटमा गोल गर्दै […]
February 24, 2025
एजेन्सी – लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्ध सहज जित दर्ता गरेको छ । आइतवार भएको खेलमा बायर्नले फ्रयांकफर्टमाथि ४-० को सहज जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा माइकल ओलिस, हिरोको इतो, जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा ओलिसको गोलमार्फत […]