12 months ago
March 10, 2024
एजेन्सी – बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा शनिबार माइन्जमाथि बायर्न म्युनिखले सानदार निकालेको छ। ह्यारी केनको ह्याट्रिक सँगै घरेलु मैदानमा बायर्नले माइन्जलाई ८-१ हराएको थियो।
खेलको १३ औं मिनेटमा पहिलो गोल गरेका केनले ७० औं मिनेटमा ह्याट्रिक पूरा गरेका थिए। दोस्रो गोल उनले पहिलो हाफको इन्ज्युरी समयको सातौं मिनेटमा गरेका थिए।
त्यस्तै लियोन गोरेत्ज्काले १९ औं र इन्ज्युरी समयको दोस्रो मिनेटमा गोल गरेका थिए। त्यस्तै थोमस मुलरले ४७ औं मिनेटमा, जमल मुसियाला ६१ औं र सर्ज गिनब्रीले ६६ औं मिनेटमा गोल गरेका थिए।
माइन्जका नादियम अमिरिले ३१ औं मिनेटमा गोल गरेका थिए। अंक तालिकाको दोस्रो स्थानमा रहेको बायर्नको ५७ अंक पुगेको छ। एक खेल कम खेलेको लिभरकुसेन ६४ अंकका साथ शीर्षस्थानमा छ। तेस्रो स्थानको भिएफबी स्टुटगार्टको ५३ अंक छ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपको फाइनलका लागि एन्फाले जारी गरेको टेण्डर गर्दा भएको सम्झौता अनुरुप टिकट मुल्यमा दोब्बरले वृद्धि भएको छ। नेपाल र म्यानमार बिच बुधवार हुने फाइनल खेल लागि भिआइपी पाराफिटका लागि २ हजार रुपैयाँ र साधारण पाराफिटका लागि १ हजार रुपैयाँ टिकट दर कायम गरिएको छ। लिगमा भिआइपीतर्फ १ हजार […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले केपी ओली कप २०२५ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । एन्फा कम्पलेक्समा सम्पन्न विभागीय प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई २-० ले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे । नवयुगले खेलको १९ औं मिनेटमा गोल गर्दै […]
February 24, 2025
एजेन्सी – लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्ध सहज जित दर्ता गरेको छ । आइतवार भएको खेलमा बायर्नले फ्रयांकफर्टमाथि ४-० को सहज जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा माइकल ओलिस, हिरोको इतो, जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा ओलिसको गोलमार्फत […]