12 months ago
March 10, 2024
एजेन्सी – आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । ब्रेन्टफर्ड माथि शनिबार २-१ को जित निकाल्दै आर्सनल शीर्ष स्थानमा उक्लिन सफल भएको हो ।
आर्सनलको जितमा डेकलन राइस र काई हाभेर्ट्जले गोल गरे । खेलको १९औं मिनेटमा बेन व्हाइटको क्रसमा हेडर मार्फत गोल गर्दै राइसले खेलमा आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए ।
पहिलो हाफको अन्त्यतिर आर्सनल गोलरक्षक एरन राम्सडेलले क्लियर गर्न खोजेको बल योआन विस्सालाई लागेर पोस्टमा पुगेको थियो ।
तर खेलको ८६औं मिनेटमा व्हाइटकै पासमा हाभेर्ट्जले फ्रि-हेडर प्रहार गर्दै खेलमा आर्सनललाई जित दिलाए ।
शीर्ष स्थानमा उक्लिएको आर्सनलको २८ खेलमा ६४ अंक भएको छ । एक खेल कम खेलेका दोस्रोको लिभरपुल ६३ र तेस्रो स्थानको म्यानचेस्टर सिटीको समान ६२ अंक छ ।
प्रिमियर लिगमा आइतबार लिभरपुल र सिटीले एकअर्काको सामना गर्नेछन् ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपको फाइनलका लागि एन्फाले जारी गरेको टेण्डर गर्दा भएको सम्झौता अनुरुप टिकट मुल्यमा दोब्बरले वृद्धि भएको छ। नेपाल र म्यानमार बिच बुधवार हुने फाइनल खेल लागि भिआइपी पाराफिटका लागि २ हजार रुपैयाँ र साधारण पाराफिटका लागि १ हजार रुपैयाँ टिकट दर कायम गरिएको छ। लिगमा भिआइपीतर्फ १ हजार […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले केपी ओली कप २०२५ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । एन्फा कम्पलेक्समा सम्पन्न विभागीय प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई २-० ले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे । नवयुगले खेलको १९ औं मिनेटमा गोल गर्दै […]
February 24, 2025
एजेन्सी – लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्ध सहज जित दर्ता गरेको छ । आइतवार भएको खेलमा बायर्नले फ्रयांकफर्टमाथि ४-० को सहज जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा माइकल ओलिस, हिरोको इतो, जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा ओलिसको गोलमार्फत […]