12 months ago
March 9, 2024
एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत शनिबार साँझ सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । युनाइटेडले एभर्टन माथि २-० को जित निकालेको हो ।
युनाइटेडको जितमा ब्रुनो फर्नान्डेज र मार्कस र्यासफर्डले एक-एक गोल गरे । दुवै गोल पेनाल्टी मार्फत नै आएको थियो ।
१२औं मिनेटमा युनाइटेडले सुरुवाती अग्रता लिएको थियो । अलेहान्द्रो गार्नाचोलाई बक्समा फाउल गरेपछि पाएको पेनाल्टीमा ब्रुनो चुकेनन् ।
३६औं मिनेटमा खेलको दोस्रो गोल आएको थियो । युनाइटेडले गार्नाचोलाई नै बेन गडफ्रेले बक्समा लडाएपछि अर्को पेनाल्टी पाएको थियो । सो पेनाल्टी भने र्यासफर्डले लिँदै गोल गरेका थिए ।
जित सँगै युनाइटेडको २८ खेलमा ४७ अंक भएको छ । एभर्टन भने २८ खेलमा २५ अंक सहित १६औं छ ।
प्रिमियर लिगमा आज थप चार खेल हुँदैछन् ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपको फाइनलका लागि एन्फाले जारी गरेको टेण्डर गर्दा भएको सम्झौता अनुरुप टिकट मुल्यमा दोब्बरले वृद्धि भएको छ। नेपाल र म्यानमार बिच बुधवार हुने फाइनल खेल लागि भिआइपी पाराफिटका लागि २ हजार रुपैयाँ र साधारण पाराफिटका लागि १ हजार रुपैयाँ टिकट दर कायम गरिएको छ। लिगमा भिआइपीतर्फ १ हजार […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले केपी ओली कप २०२५ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । एन्फा कम्पलेक्समा सम्पन्न विभागीय प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई २-० ले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे । नवयुगले खेलको १९ औं मिनेटमा गोल गर्दै […]
February 24, 2025
एजेन्सी – लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्ध सहज जित दर्ता गरेको छ । आइतवार भएको खेलमा बायर्नले फ्रयांकफर्टमाथि ४-० को सहज जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा माइकल ओलिस, हिरोको इतो, जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा ओलिसको गोलमार्फत […]