12 months ago
March 9, 2024
सुशिल पन्त क्षेत्री,चितवन
विशाल तामाङको गोलमा पेन्गुईन भरतपुर २४ ले सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा शनिबार भरतपुर २४ ले हानामी भरतपुर फुटबल क्लबलाई १-० ले हरायो ।
भरतपुर २४ को जितमा विशालले दोस्रो हाफको १० औं मिनेटमा गोल गरे । सुशन गुरुङको थ्रु पासमा विशालले सुन्दर गोल गरे । खेलको अन्त्यतिर विएफसीले सुन्दर अवसर गुमायो । राज भुसालको हेडर पासमा विक्की राई वान भर्सेज वानमा गोल गर्न चुके ।
जितसँगै भरतपुर २४ क्वाटरफाइनलमा प्रवेश गरेको छ । भरतपुर २४ का विशाल म्यान अफ दि म्याच भए । उनलाई मुख्य प्रायोजक सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङका प्रिन्सिपल यज्ञ विलास पौडेल (वाईबी) ले ट्रफी प्रदान गरे ।
चितवन ११ फुटबल क्लबको आयोजनामा भएको प्रतियोगितामा आइतबारको खेलमा एभरेस्ट एफसी र रड्स रामपुर भिड्नेछन् । खेल दिउँसो ३ बजे हुनेछ ।
चैत १० गतेसम्म चल्ने प्रतियोगितामा १२ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले ३ लाख ३ हजार तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।
February 24, 2025
सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक केपी ओली फुटबल क्लब न्यू रोड टिम (एनआरटी) लाई पराजित गर्दै केपी ओली कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एन्फा कम्पलेक्समा भएको दोस्रो क्वाटरफाइनलमा केपीले १-० को जित दर्ता गरेको हो । दोस्रो हाफमा सुरज ज्यू ठकुरीले गरेको गोल नै निर्णायक सावित भयो । निकै प्रतिस्पर्धात्मक खेलमा केपी एफसीका लागि […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपको फाइनलका लागि एन्फाले जारी गरेको टेण्डर गर्दा भएको सम्झौता अनुरुप टिकट मुल्यमा दोब्बरले वृद्धि भएको छ। नेपाल र म्यानमार बिच बुधवार हुने फाइनल खेल लागि भिआइपी पाराफिटका लागि २ हजार रुपैयाँ र साधारण पाराफिटका लागि १ हजार रुपैयाँ टिकट दर कायम गरिएको छ। लिगमा भिआइपीतर्फ १ हजार […]