default_image

12 months ago

March 9, 2024

यमालको गोलमा बार्सिलोना विजयी

983 views

0 Bookmark

एजेन्सी – १६ वर्षीय युवा खेलाडी लामिन यमालको उत्कृष्ट गोलको मद्दतले बार्सिलोनाले स्पेनिश लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा जित निकालेको छ । बार्सिलोनाले मल्लोर्का माथि १-० को जित निकालेको हो ।

यमालले रोबर्ट लेवन्डोस्कीले दिएको पास बक्सको बाहिर लिएर एक डिफेन्डरलाई छक्याउँदै खेलको ७३औं मिनेटमा उत्कृष्ट गोल गरेका थिए ।

त्यसअघि पहिलो हाफमा नै बार्सिलोनाले पेनाल्टी मार्फत अग्रता लिने मौका गुमाएको थियो । २३औं मिनेटमा राफिन्हा माथि भएको फाउल पश्चात पाएको पेनाल्टीमा इल्काय गुन्डोगान चुके । उनको पेनाल्टी मल्लोर्का गोलरक्षक प्रेड्राग राज्कोभिचले बचाएका थिए ।

जित पछि बार्सिलोनाले शीर्ष स्थानमा रहेको रियल म्याड्रिड सँगको अंकदूरी घटाएको छ । दोस्रो स्थानमा बार्सिलोनाको २८ खेलमा ६१ अंक पुगेको छ । पहिलो स्थानको रियलको २७ खेलमा ६६ अंक छ ।

मल्लोर्का भने २८ खेलमा २७ अंक सहित १५औं स्थानमा छ ।

February 24, 2025

अस्ट्रेलियामा सगरमाथा जिएनसी लिग च्याम्पियन

सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]

February 24, 2025

आयोजक केपी एफसी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक केपी ओली फुटबल क्लब न्यू रोड टिम (एनआरटी) लाई पराजित गर्दै केपी ओली कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एन्फा कम्पलेक्समा भएको दोस्रो क्वाटरफाइनलमा केपीले १-० को जित दर्ता गरेको हो । दोस्रो हाफमा सुरज ज्यू ठकुरीले गरेको गोल नै निर्णायक सावित भयो । निकै प्रतिस्पर्धात्मक खेलमा केपी एफसीका लागि […]

February 24, 2025

फोर नेसन्स फाइनलको टिकटमा दोब्बरले वृद्धि

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपको फाइनलका लागि एन्फाले जारी गरेको टेण्डर गर्दा भएको सम्झौता अनुरुप टिकट मुल्यमा दोब्बरले वृद्धि भएको छ। नेपाल र म्यानमार बिच बुधवार हुने फाइनल खेल लागि भिआइपी पाराफिटका लागि २ हजार रुपैयाँ र साधारण पाराफिटका लागि १ हजार रुपैयाँ टिकट दर कायम गरिएको छ। लिगमा भिआइपीतर्फ १ हजार […]

Success

Thank you for your time.