default_image

12 months ago

March 8, 2024

बंगलादेशद्वारा भुटान पराजित

1144 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सत-प्रतिशत नतिजा निकाल्दै बंगलादेशले काठमाडौंमा जारी साफ यु-१६ महिला च्याम्पियनसिपको फाइनल यात्रा तय गरेको छ । लगातार तेस्रो जित निकाल्ने क्रममा बंगलादेशले भुटान माथि ६-० को जित निकालेको हो ।

बंगलादेशको जितमा सौरभी प्रितीले दुई गोल तथा फतिमा अख्तर, क्रनुचिङ मार्मा, साथी मुन्दा र थुईनुए मार्माले समान एक-एक गोल गरे ।बंगलादेशले फाइनलमा भारतको सामना गर्नेछ ।

बंगलादेशले ३ खेलमा ९ अंक बटुल्दै फाइनलको यात्रा तय गरेको हो । भारतले भने ३ खेलमा २ मा जित निकाल्यो । भारतको एक हार बंगलादेश विरुद्धको ३-१ को हार रहेको थियो । भारतले भुटान माथि ७-० को जित निकालेको थियो ।

नेपालले ३ अंक सहित प्रतियोगिता टुंग्यायो । नेपालको एक मात्र जित भुटान विरुद्धको ३-० को जित रहेको थियो । नेपाल बंगलादेश विरुद्ध २-० र भारत विरुद्ध १०-० को फराकिलो अन्तरले पराजित भएको थियो ।

प्रतियोगिताको फाइनल खेल फाल्गुन २७ मा हुनेछ ।

February 24, 2025

अस्ट्रेलियामा सगरमाथा जिएनसी लिग च्याम्पियन

सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]

February 24, 2025

आयोजक केपी एफसी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक केपी ओली फुटबल क्लब न्यू रोड टिम (एनआरटी) लाई पराजित गर्दै केपी ओली कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एन्फा कम्पलेक्समा भएको दोस्रो क्वाटरफाइनलमा केपीले १-० को जित दर्ता गरेको हो । दोस्रो हाफमा सुरज ज्यू ठकुरीले गरेको गोल नै निर्णायक सावित भयो । निकै प्रतिस्पर्धात्मक खेलमा केपी एफसीका लागि […]

February 24, 2025

फोर नेसन्स फाइनलको टिकटमा दोब्बरले वृद्धि

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपको फाइनलका लागि एन्फाले जारी गरेको टेण्डर गर्दा भएको सम्झौता अनुरुप टिकट मुल्यमा दोब्बरले वृद्धि भएको छ। नेपाल र म्यानमार बिच बुधवार हुने फाइनल खेल लागि भिआइपी पाराफिटका लागि २ हजार रुपैयाँ र साधारण पाराफिटका लागि १ हजार रुपैयाँ टिकट दर कायम गरिएको छ। लिगमा भिआइपीतर्फ १ हजार […]

Success

Thank you for your time.