default_image

12 months ago

March 8, 2024

इन्टर मियामीको रोमाञ्चक बराबरी

1343 views

0 Bookmark

एजेन्सी – मेजर लिग सकर टोली इन्टर मियामीले आज बिहान सम्पन्न खेलमा रोमाञ्चक बराबरी दर्ता गरेको छ । अन्तिम मिनेटमा गोल गर्दै मियामीले न्याशभिल विरुद्ध कोन्काकाफ च्याम्पियन्स कप अन्तर्गतको पहिलो चरणको पहिलो लेगमा बराबरी खेलेको हो ।

मियामीले दुई गोलले पछि परेको अवस्थाबाट खेलमा बराबरी गरेको थियो । न्याशभिलका लागि जेकब श्याकेलवर्गले दुवै हाफको सुरुवाती समयमा गोल गर्दै दुई गोलको अग्रता दिलाएका थिए । उनले खेलको चौथो र ४६औं मिनेटमा गोल गरेका थिए ।

५२औं मिनेटमा लियोनेल मेस्सीले बक्सको छेउबाट गोल गर्दै खेलमा न्याशभिलको अग्रता घटाएका थिए ।

यस्तै, इन्ज्युरी समयको पाँचौं मिनेटमा सर्जियो बुस्केट्सको क्रसमा हेडर मार्फत गोल गर्दै खेलमा बराबरी गरे ।

बराबरी सँगै मियामीलाई दोस्रो लेगका लागि दुई अवे गोलको सहायता समेत रहनेछ । दोस्रो लेग आउँदो बिहीबार बिहान इन्टर मियामीको घरेलु मैदानमा हुनेछ ।

February 24, 2025

अस्ट्रेलियामा सगरमाथा जिएनसी लिग च्याम्पियन

सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]

February 24, 2025

आयोजक केपी एफसी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक केपी ओली फुटबल क्लब न्यू रोड टिम (एनआरटी) लाई पराजित गर्दै केपी ओली कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एन्फा कम्पलेक्समा भएको दोस्रो क्वाटरफाइनलमा केपीले १-० को जित दर्ता गरेको हो । दोस्रो हाफमा सुरज ज्यू ठकुरीले गरेको गोल नै निर्णायक सावित भयो । निकै प्रतिस्पर्धात्मक खेलमा केपी एफसीका लागि […]

February 24, 2025

फोर नेसन्स फाइनलको टिकटमा दोब्बरले वृद्धि

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपको फाइनलका लागि एन्फाले जारी गरेको टेण्डर गर्दा भएको सम्झौता अनुरुप टिकट मुल्यमा दोब्बरले वृद्धि भएको छ। नेपाल र म्यानमार बिच बुधवार हुने फाइनल खेल लागि भिआइपी पाराफिटका लागि २ हजार रुपैयाँ र साधारण पाराफिटका लागि १ हजार रुपैयाँ टिकट दर कायम गरिएको छ। लिगमा भिआइपीतर्फ १ हजार […]

Success

Thank you for your time.