default_image

12 months ago

March 8, 2024

मेलबर्नमा हुने कँडेल कन्सल्टेन्सी कपको तयारी पुरा

316 views

0 Bookmark

मेलबर्नअष्ट्रेलियाको मेलबर्नमा आयोजना हुन लागेको १३औं संस्करणको कँडेल कन्सल्टेन्सी कपको सम्पूर्ण तयारी पूरा भएको आयोजक यति एफसीले जनाएको छ ।

कँडेल कन्सल्टेन्सी कप मार्च ९ र १० अर्थात शनिबार र आइतबार मेलबर्नको डारेविन अन्तर्राष्ट्रिय स्पोर्टस सेन्टरमा हुँदैछ । अष्ट्रेलियामा नेपाली समुदायबीच हुने प्रतियोगिताका लागि क्यानबेरा, सिड्नी, गोल्डकोस्ट, ब्रिसबेन, डार्विन र एडिलेडका विभिन्न क्लब गरी खुल्लातर्फ २४ र ३५ भन्दामाथि १५ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

खुल्लातर्फ सहभागी टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । आयोजक यतिको मात्रै तीन टोली रहेको छ । हरेक समूहका विजेता र उपविजेता प्रि–क्वाटरफाइनलमा पुग्नेछ ।

त्यस्तै समूहमा उत्कृष्ट तेस्रो हुने चार टोलीले पनि अन्तिम १६ को यात्रा तय गर्नेछन् । ३५ वर्षमाथिको १५ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछ ।

खुल्लातर्फको विजेताले १२ हजार र उपविजेताले ४ हजार ५ सय अष्ट्रेलियन डलर प्राप्त गर्नेछन् । यसैगरी ३५ भन्दा माथिको उमेर समुहमा विजेतालाई २ हजार ५ सय र उपविजेतालाई १ हजार डलर प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता र फेयर प्ले अवार्ड जित्ने टोलीले समान २ सय अस्ट्रेलियन डलर प्राप्त गर्नेछन् ।

अष्ट्रेलियामा पहिलोपटक एकै प्रतियोगितामा पाँच जना नेपाली रेफ्रीहरुले खेल संचालन गर्नेछन् । अन्तर्राष्ट्रिय खेलमा समेत निर्णायकको भूमिका निर्वाह गरिसकेका प्रकाश नाथ श्रेष्ठ र सुदिश पाण्डेसँगै रेफ्री प्रजेश अमात्य, सपन बस्नेत र अमृत कुमार श्रेष्ठले खेल संचालन गर्नेछन् । क्लबका उपाध्यक्ष सज्जन शर्मा प्रतियोगिताको संयोजक रहेको छ ।

February 24, 2025

आयोजक केपी एफसी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक केपी ओली फुटबल क्लब न्यू रोड टिम (एनआरटी) लाई पराजित गर्दै केपी ओली कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एन्फा कम्पलेक्समा भएको दोस्रो क्वाटरफाइनलमा केपीले १-० को जित दर्ता गरेको हो । दोस्रो हाफमा सुरज ज्यू ठकुरीले गरेको गोल नै निर्णायक सावित भयो । निकै प्रतिस्पर्धात्मक खेलमा केपी एफसीका लागि […]

February 24, 2025

फोर नेसन्स फाइनलको टिकटमा दोब्बरले वृद्धि

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपको फाइनलका लागि एन्फाले जारी गरेको टेण्डर गर्दा भएको सम्झौता अनुरुप टिकट मुल्यमा दोब्बरले वृद्धि भएको छ। नेपाल र म्यानमार बिच बुधवार हुने फाइनल खेल लागि भिआइपी पाराफिटका लागि २ हजार रुपैयाँ र साधारण पाराफिटका लागि १ हजार रुपैयाँ टिकट दर कायम गरिएको छ। लिगमा भिआइपीतर्फ १ हजार […]

February 24, 2025

आर्मी केपी ओली कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले केपी ओली कप २०२५ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । एन्फा कम्पलेक्समा सम्पन्न विभागीय प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई २-० ले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे । नवयुगले खेलको १९ औं मिनेटमा गोल गर्दै […]

Success

Thank you for your time.