12 months ago
March 8, 2024
एजेन्सी – इंग्लिस क्लब लिभरपुलले युइएफए युरोपा लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा सानदार जित दर्ता गरेको छ ।लिभरपुलले चेक रिपब्लिक क्लब स्पार्टा प्रागमाथि उसकै मैदानमा ५–१ को सानदार जित दर्ता गर्दै क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको हो ।
घरेलु टोलीविरुद्ध लिभरपुलको फराकिलो जितमा डार्विन नुनेजले दुई तथा एलेक्सिस म्याक एलिस्टर, लुइस डियाज र डोमिनिक जोबोस्लाईले समान एक गोल गरे । स्पार्टाले एक गोल उपहार पाएको थियो ।
इपेट एरिना प्राहामा बिहीबार राति भएको खेलको छैटौं मिनेटमा नै एलेक्सिस म्याक एलिस्टरको पेनाल्टी गोलबाट लिभरपुलले अग्रता बनाएको थियो । २५औं मिनेटमा डार्विन नुनेजले अग्रता दोब्बर पारे ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा नुनेजले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि लिभरपुल पहिलो हाफमै ३–० को आरामदायी स्थितिमा अघि बढ्यो । ४६औं मिनेटमा कोनर ब्राड्लेले आत्मघाती गोल गर्दा खेल ३–१ को स्थितिमा पुग्यो ।
५३औं मिनेटमा लुइस डियाजले हार्भे इलिओटको पासमा गोल गदै लिभरपुललाई सहज जिततर्फ असघ बढाए । ८४औं मिनेटमा मोहम्मद सलाहले गोल गरेपनि भिएआरबाट मान्यता पाएन । तर, इन्ज्युरी समयमा डोमिनिकले गोल गर्दै लिभरपुललाई सानदार जित दिलाए ।
यस जितले लिभरपुलको क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । दोस्रो लेगमा फराकिलो हार नभोगेको अवस्थामा पनि लिभरपुल अघिल्लो चरणमा प्रवेश गर्नेछ ।
अन्य नतिजा
स्पोर्टिङ सिपीविरुद्ध एटलान्टा (१–१)
क्वारावाग एफकेविरुद्ध बायर लिभरकुसन (२–२)
रोमाविरुद्ध ब्राइटन (४–०)
एसी मिलानविरुद्ध स्लाभिया प्राग (४–२)
बेन्फिकाविरुद्ध रेन्जर्स (२–२)
फ्रेइवर्गविरुद्ध वेस्ट ह्याम (१–०)
मार्सेविरुद्ध भिल्लारियल (४–०)
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]
February 24, 2025
सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]