default_image

7 months ago

March 7, 2024

नेपालविरुद्ध भारतको १० गोल!

4458 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू१६ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल भारतसँग १०-० ले पराजित भएको छ ।

फाइनल बोक्ने सम्भावनासहित मैदान उत्रिएको नेपालले फराकिलो हार बेहोरेको हो । एन्फा कम्प्लेक्सको मैदानमा पहिलो हाफमा ६ गोल खाएको नेपाल दोस्रो हाफमा ४ गोल खायो । यससँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।

भारतका लागि पर्ल फर्नान्डेस र गुर्लिन करले २-२ गोल तथा अनिता डुंगडुंग, अनुष्का कुमारी, बिनोफिलिया शुलाई, रेआना र गुर्नाज करले १-१ गोल गरे । एक गोल आत्मघाती गोल भयो ।

प्रतियोगिताको फाइनलमा भारत र बंगलादेश खेल्ने पनि पक्का भएको छ । लिग चरणको अन्तिम खेल शुक्रबार भुटान र बंगलादेशबीच हुनेछ ।

पहिलो खेलमा बंगलादेशसँग २-० को हार बेहोरेको नेपालले दोस्रो खेलमा भुटानलाई ३-० ले पराजित गरेको थियो । भारतले पहिलो खेलमा भुटानलाई ७-० ले पराजित गर्दा दोस्रो खेलमा बंगलादेशसँग ३-१ को हार बेहोरेको थियो ।

प्रतियोगिताको फाइनल आइतबार हुनेछ ।

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

Success

Thank you for your time.