default_image

12 months ago

March 7, 2024

रियल संघर्ष गर्दै क्वाटरफाइनलमा

1906 views

0 Bookmark

एजेन्सी – जर्मन क्लब आरबी लाइप्जिगविरुद्ध संघर्षपूर्ण बराबरी खेल्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । रियल समग्रमा २-१ को जित निकाल्न सफल रह्यो ।

पहिलो लेगमा १-० को जित दर्ता गरेको बुधबार राती घरेलु मैदानमा १-१ को बराबरी खेल्दै अन्तिम आठमा स्थान पक्का गर्यो । पहिलो हाफमा दुवै टोलीले गोल गर्न नसक्दा दोस्रो हाफमा भिनीसियस जुनियरको आकर्षक गोलमा रियल अघि बढ्यो । उनले जुड बेलिंघमको पासमा गोल गरेका थिए ।

अग्रता लिएको ३ मिनेटमै लाइप्जिग खेलमा फर्कियो । कप्तान विलि ओर्बनले हेडरमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । इन्जुरी समयमा लाइप्जिगले खेललाई अतिरिक्त समयमा पुर्याउने अवसर गुमायो । ड्यानी ओल्मोको हेडर क्रसबारमा लागेर फर्कंदा रियल भाग्यमानी सावित भएको थियो ।

रियलसँगै म्यानचेस्टर सिटीले पनि क्वाटरफाइनलमा स्थान बनाइसकेको छ । बायर्न म्युनिख र पिएसजीले मंगलबार नै अन्तिम आठमा स्थान पक्का गरेका थिए ।

February 24, 2025

दीपेन्द्र धनगढीको ब्रान्ड एम्बासडरमा नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]

February 24, 2025

भुटानको डागा भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी‌ ओली कप फुटबल […]

February 24, 2025

अस्ट्रेलियामा सगरमाथा जिएनसी लिग च्याम्पियन

सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]

Success

Thank you for your time.