12 months ago
March 7, 2024
एजेन्सी – इंग्लिस च्याम्पियन तथा साविक विजेता म्यानचेस्टर सिटी यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राती सम्पन्न दोस्रो लेगको खेलमा एफसी कोपनहेगनलाई ३-१ ले पराजित गर्दै सिटीले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । पहिलो लेगमा ३-१ कै जित दर्ता गरेको सिटी समग्रमा ६-२ ले विजयी भयो ।
सिटी प्रतियोगिता इतिहासमा लगातार १० जित दर्ता गर्ने पहिलो इंग्लिस टिम पनि बनेको छ । समूह चरणको सबै खेल जितेको सिटीले अघिल्लो सिजन पनि लगातार जितको सिलसिला कायम राखेको थियो । सिटी च्याम्पियन्स लिग अन्तर्गत घरेलु मैदानमा ३० खेलयता अपराजित छ ।
घरेलु मैदान इतिहाद रंगशालामा सिटीले सुरुवाती ९ मिनेटमै २ गोल गरेर सहज जितको आधार तयार पारेको थियो । म्यानुएल अकान्जी र जुलियन अल्भारेजले गोल गरेका थिर ।
मोहमद एल्युनुसीले २९ औं मिनेटमा गोल फर्काएपनि सिटीले पहिलो हाफको इन्ज्युरी समयमा एर्लीङ हालान्ड मार्फत अग्रता बढायो । दोस्रो हाफमा दुवै टोलीले गोल नथप्दा सिटी अघि बढेको हो ।
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]
February 24, 2025
सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]