default_image

12 months ago

March 6, 2024

पिएसजीको क्वाटरफाइनलमा यात्रामा एमबाप्पेको गोल

829 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

स्पेनिस टोली रियल सोसिडाडलाई मंगलबार अन्तिम १६ को दोस्रो लेगमा २-१ हराएपछि पिएसजी समग्रमा ४-१ अग्रतासहित अन्तिम ८ मा पुगेको हो।

पिएसजीले पहिलो लेगमा २-० ले विजयी‌ भएको थियो।
दोस्रो लेगमा पिएसजीका लागि दुवै गोल केलियन एम्बाप्पेले गरेका हुन् ।

१५ औं मिनेटमा ओस्मन डेम्बेलेको पासमा एम्बाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । उनले ५६ औं मिनेटमा लि काङको पासमा अर्को गोल थपेका थिए।

खेल सकिन एक मिनेट बाँकी रहँदा रियल सोसिडाडका लागि मिकेल मेरिनोले गोल फर्काएपनि त्यसले नतिजामा फरक परेन ।

अर्को खेलमा ह्यारी केनले २ गोल गरेपछि बायर्न म्युनिख लाजियोलाई हराउँदै च्याम्पियन्स लिगको क्वाटरफाइनल पुगेको छ। बार्यनले दोस्रो लेगमा लाजियोलाई ३-० ले हराएको थियो।

समग्रमा ३-१ को अग्रता सहित बायर्न अन्तिम ८ मा पुगेको छ। पहिलो लेगमा लाजियो १-० ले विजयी‌ भएको थियो। ३८ औं मिनेटमा केनले हेडर गोल गर्दै खेलमा अग्रता दिलाएका‌ थिए।

पहिलो हाफको इन्ज्युरी समयमा थोमस मुलरले हेडर गोल गर्दै अग्रता दोब्बर पारेका थिए। ६६ औं मिनेटमा केनले अर्को गोल गरेपछि टोलीको क्वाटरफाइनल यात्रा सहज बनेको थियो।

February 24, 2025

दीपेन्द्र धनगढीको ब्रान्ड एम्बासडरमा नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]

February 24, 2025

भुटानको डागा भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी‌ ओली कप फुटबल […]

February 24, 2025

अस्ट्रेलियामा सगरमाथा जिएनसी लिग च्याम्पियन

सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]

Success

Thank you for your time.