default_image

8 years ago

January 30, 2017

आठौ फाल्गुनन्द गोल्ड कपको हिसाब सार्वजनिक

74 views

0 Bookmark

दिपक बोहोरा(पाँचथर) – अधिल्लो महिना फिदिमा आयोजना भएको आठौ फाल्गुनन्द गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । सोमबार आयोजक फिदिम स्पोर्टिङ क्लबले फिदिममा पत्रकार सम्मेलनको आयोजना गरे हिसाब सार्वजनिकिकरण गरेको हो ।

फिदिममा पौष १५ गते बाट २४ गते सम्म चलेको प्रतियोगितामा आयतर्फ रु.२९,६३,७३१ रुपैँया रहेको जसमा सम्पुर्ण प्रयोजक ,चन्दा र टिकट बिक्री बाट प्राप्त भएको आयोजक फिदिम स्र्पोटिङ क्लबका कोषाध्यक्ष बिमल श्रेष्ठले प्रस्तुत गर्नु भएको प्रतिबेदनमा जनाइएको छ । भने ब्याय तर्फ २९६००० रहेको श्रेष्ठले बताए ।

फिदिममा पौष १५ गते बाट २४ गते सम्म नौ दिन सम्म चलेको आठौ फाल्गुनन्द गोल्ड कप प्रतियोगितामा टिकट बिक्रिबाट मात्र रु.१३,३१,९३० रुपैंया संकलन भएको कोषाध्यक्ष बिमल श्रेष्ठले बताउनु भयो । जसमा पौष २४ गते फाइनलको दिन रु.६,०६,००० रुपैँया संकलन भएको जानकारी दिए ।

February 2, 2025

आहा! रारा पोखरा गोल्ड कपको‌ तयारी पूरा

पोखरा (हाम्रो खेलकुद) – आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणको सबै तयारी पूरा भएको छ। आयोजक सहारा क्लब पोखराले आइतवार पत्रकार सम्मेलनमार्फत तयारीको बारेमा जानकारी गराएको छ। सोही अवसरमा आहा रारा गोल्डकपको ट्रफी, व्यक्तिगत अवार्ड र आयोजकले गोल्डकपमा प्रयोग गर्ने जर्सी सार्वजनिक गरिएको थियो। प्रतियोगिता मंगलवार पोखरा रंगशालामा सुरु हुनेछ। उद्घाटन खेल आयोजक र […]

February 2, 2025

रियल म्याड्रिड स्तब्ध

एजेन्सी- स्पेनिस ला लिगामा रियल म्याड्रिडले शनिवार स्तब्ध भएको छ। इस्पनयोलले रियललाई १-० पराजित गरेको छ। इस्पनयोलका लागि कार्लोस रोमेरोले ८५ औं मिनेटमा गरेको गोल रियललाई हराउन पर्याप्त रह्यो । शीर्ष स्थानको रियलले अंक अन्तरलाई बढाउने मौका गुमाएको छ । रियलको ४९ अंक छ। रेलिगेसनबाट बच्न संघर्षरत इस्पनयोललाई राहत मिलेको छ । शनिवार नै एटलेटिको […]

February 2, 2025

सलाहको गोलमा लिभरपुलको जित

एजेन्सी – मोहमद सलाहको २ गोलमा शीर्षस्थानको लिभरपुलले इंग्लिस प्रिमियर लिगमा बर्नमाउथलाई शनिवार २-० ले हराएको छ । ३० औं मिनेटमा पेनाल्टीमा गोल गरेका सलाहले अर्को गोल ७५ औं मिनेटमा गरेका थिए । प्रिमियर लिगमा सलाह उच्च गोलकर्ता सूचीको छैटौं स्थानमा उक्लेका छन् । उनले चेल्सीका पूर्व स्टार फ्रान्क लाम्पार्डलाई पछाडि पारेका छन् । लिगमा […]

Success

Thank you for your time.