12 months ago
March 5, 2024
बिर्तामोड (हाम्रो खेलकुद)- झापा गोल्ड कपले एपिएफ फुटबल क्लबलाई कारबाही गरेको छ ।
बागमती युवा क्लब विरुद्ध सोमबार भएको खेलमा एपिएफले खेलाडीको जर्सी तथा जर्सीको रङ सम्बन्धी नियम उल्लंघन गरेको जनाउँदै झापा गोल्ड क्लबले कारबाही गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। एपिएफले केहि खेलाडीको जर्सी नम्बरका लागि मार्कर मेडिकल टेपको प्रयोग गरेको थियो।
झापा गोल्ड कप २०८० नियमावलीको २३ (ख) ले दिएको अधिकार प्रयोग गरी एपिएफमाथि कारबाही गरिएको झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतले बताए ।
उनका अनुसार खेल मर्यादा विपरीतका गतिविधि गरेकाले एपिएफलाई ११ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय भएको छ ।
प्रतियोगिता नियमावलीको पूर्ण परिपालना गर्न र भविष्यमा यस किसिमका गल्तीहरू नदोहोर्याउन एपिएफलाई सचेत गराउँदै लिखित प्रतिबद्धता माग गर्ने पनि निर्णय भएको अध्यक्ष बस्नेतले जानकारी दिए ।
झापा गोल्ड कप व्यवस्थापनले एपिएफ फुटबल क्लबको टिम व्यवस्थापनलाई कारबाही सम्बन्धमा लिखित जानकारी पठाएको जनाएको छ ।
एपिएफले बागमती युथ क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै झापा गोल्डकपको सेमिफाइनल पुगेको छ।
प्रतियोगितामा मंगलबारको दोस्रो क्वार्टर फाइनलमा दुई ए डिभिजन टोली एनआरटी र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]
February 24, 2025
सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]