default_image

12 months ago

March 5, 2024

आर्सनलको सानदार जित

603 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा सोमबार आर्सनलले सेफिल्ड युनाइटेडलाई ६-० ले हराएको छ।

खेलको पाँचौं मिनेटमा आर्सनलमा मार्टिन ओडेगार्डले गोल गरेर आर्सनललाई अग्रता दिलाए। १३ औं मिनेटमा सिफल्डका जेडेन बोग्लेले आत्मघाती गोल गरे।

१५औं मिनेटमा ग्राबियल मार्टिनेलीले, २५औं मिनेटमा केई हाभर्जले र ३९औं मिनेटमा डिक्लेन राइसले गोल गपछि आर्सनल पहिलो हाफमा नै ५-० ले अगाडि बढ्यो।
खेलको ५८औं मिनेटमका आर्सनलका बेन ह्वाइटले टोलीका लागि छैटौं गोल गरे ।

आर्सनल २७ खेलमा ६१ अंकसहित तालिकको तेस्रो स्थानमा छ। शीर्षस्थानको लिभरपुलको ६३ र दोस्रो स्थानको म्यानचेस्टर सिटीको ६२ अंक छ। समान खेलमा १३ अंकसहित सेफिल्ड अंक तालिकाको‌ पुछारमा छ ।

February 24, 2025

दीपेन्द्र धनगढीको ब्रान्ड एम्बासडरमा नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]

February 24, 2025

भुटानको डागा भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी‌ ओली कप फुटबल […]

February 24, 2025

अस्ट्रेलियामा सगरमाथा जिएनसी लिग च्याम्पियन

सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]

Success

Thank you for your time.