default_image

1 year ago

March 4, 2024

एपिएफ झापा गोल्डकपको सेमिफाइनलमा

1222 views

0 Bookmark

हिमाल खरेल, बिर्तामोड

टाइब्रेकरमा निरन्तर सफलता प्राप्त गर्दै एपिएफ फुटबल क्लब झापाको बिर्तामोडमा आयोजित छैटौं झापा गोल्ड कपको सेमिफाइनल प्रवेश गरेको छ ।

एपिएफले सोमबार भएको क्वार्टर फाइनल खेलमा बागमती युथ क्लबलाई ४–३ गोल अन्तरले हराउँदै सेमिफाइनल यात्रा सुरक्षित गरेको हो ।

एपिएफका तर्फबाट सुमन श्रेष्ठ, फोडे फोफोना, कुलदिप कार्की र प्रदिप लामाले गोल गर्न सफल भए । बागमतीका अभि लामा, विमल घिसिङ, र दिवस लिम्बूले गोल गरे भने निर्मल घिसिङ र अनिल राना मगरको प्रहार एपिएफका गोलरक्षक एञ्जल श्रेष्ठले विफल बनाएका थिए ।

एपिएफ ए डिभिजन लिगबाट रेलिगेसनमा परेको छ । यद्यपि, एपिएफले अर्काे क्लबमाथि गरेको उजुरी छानबिन नभएसम्म यसको निर्णय भएको छैन । एपिएफले पहिलो चरणको खेलमा टाइब्रेकरमा संकटा फुटबल क्लबलाई हराउँदै क्वार्टर फाइनल प्रवेश गरेको थियो ।

सि डिभिजनको बागमती युथ क्लबले झापा गोल्डकपमा पहिलोपटक सहभागिता जनाएको हो । बाई पाएर क्वार्टर फाइनल खेलेको बागमतीले उत्कृष्ट प्रदर्शन गरे पनि निर्धारित समयमा स्कोर गर्न भने सकेन ।  

खेलको १० औँ मिनेटमा पेनाल्टी एरियाबाट बागमतीका अनिल राना मगरले गरेको कडा प्रहार फ्रेममा पर्न सकेन । २६ औँ मिनेटमा सनम धिमालले पेनाल्टी एरियाबाट गरेको प्रहार एपिएफका गोलरक्षक एञ्जल श्रेष्ठले पञ्च गरेर बचाए ।

पहिलो हाफको इन्ज्युरी समयमा अग्रता बनाउने अवसर बागमतीले गुमाएको थियो । बागमतीका निर्मल घिसिङको फ्रिकिक बारको नजिकैबाट बाहिरिएको थियो ।

खेलको ५४ औँ मिनेटमा एपिएफका दिपेश धिमालले गरेको प्रहार पोस्टमा लागेर बाहिरिएको थियो । खेलको अधिकांश समय बल नियन्त्रणमा लिए पनि एपिएफको फिनिसिङमा कमजोरी देखिएको थियो ।

खेलपछि भएको पोस्ट म्याच कन्फ्रेन्समा प्रतिक्रिया दिँदै विजेता टिम प्रशिक्षक सुमन श्रेष्ठले रणनीतिअनुसार खेल प्रदर्शन गर्न नसकेको बताए । उनले झापा जस्तो प्रतिष्ठित गोल्ड कपमा जर्सीमा टेपिङ गर्नुपर्ने अवस्था आउनु लज्जास्पद भएको स्वीकारे । टेपिङका कारण खेलाडीले अपेक्षाकृत खेल्न नसकेको बताए । जर्सी अभावका कारण एपिएफले टेप टाँसेर खेल खेलाएको थियो ।

बागमती युथ क्लबका प्रशिक्षक सुनिल श्रेष्ठले पाएको अवसर सदुपयोग गर्न नसकेको बताए । अवसर सदुपयोग गर्न सकेको भए निर्धारित समयमा नै स्कोर हुन सक्ने अवस्था रहेको उनले बताए । खेल अवधिभर एपिएफलाई बागमतीले दबाबमा राखेको थियो ।

खेलको प्लेयर अफ द म्याच एपिएफ फुटबल क्लबका गोलरक्षक एञ्जल श्रेष्ठ घोषित भए । उनले ११ हजार रुपैयाँ नगद पुरस्कार पाए । पहिलो चरणको खेलमा पनि श्रेष्ठ प्लेयर अफ द म्याच भएका थिए ।

मंगलबारको दोस्रो क्वार्टर फाइनल खेल एनआरटी फुटबल क्लब काठमाडौँ र चर्च ब्वाइज युनाइटेड काठमाडौँबीच हुनेछ ।

April 7, 2025

राइजिङ स्टार महिला फुटबलको सेमिफाइनलमा

सुमन अधिकारी,बुटवल सडेन डेथमा चितवनको वसन्तपुर युनाइटेड क्लब चितवनलाई हराउँदै कपिलवस्तु राइजिङ स्टार युथ क्लब बुटवलमा जारी प्रीति प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा छ । सिद्देश्वरी लालकुमारी माविको खेलमैदानमा वसन्तपुर र राइजिङबीच सोमवार भएको खेल निर्धारित समयमा १–१ गोलको बराबरीमा टुंगिएको थियो। पेनाल्टी सुट आउटमा ४–४ गोल भएपछि खेल सडेन डेथमा गएको थियो […]

April 7, 2025

प्रितीसहित २१ खेलाडी सशस्त्र प्रहरीमा भर्ती

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीका स्टारद्वय प्रिती राई, सविता रानामगर र रश्मीकुमारी घिसिङसँगै विभिन्न खेलका २१ जना राष्ट्रिय खेलाडी सशस्त्र प्रहरी बलमा भर्ती भएका छन् । भर्ती हुने सबैभन्दा बढी १० जना महिला फुटबल खेलाडी रहेका छन् । प्रिती, रश्मी र सवितासँगै मेनुका कुमारी आलेमगर, सरस्वती हमाल, सजनी ठोकर, मनमाया दमै, सावित्री किसन […]

April 7, 2025

ब्वाइज युनियन र श्री कुमारीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्वाइज युनियन क्लबले पहिलो जित निकालेको छ। उसले मध्यपुर युथ एसोसिएसनलाई २-० गोल अन्तरले हरायो। अर्को खेलमा लिगको पुछारमा रहेको श्री कुमारीले बाँसबारी क्लबलाई १-० ले पराजित गर्दै अंकको खाता खोलेको छ। एन्फा कम्प्लेक्समा आज भएको खेलमा ब्वाइज युनियनले खेलको २४ औं मिनेटमा विनोद राईको गोलमा पहिले […]

Success

Thank you for your time.