12 months ago
March 4, 2024
दिपक बोहोरा, पाँचथर
चौथो पाँचथर गोल्ड कप फुटबल प्रतियोगितामा झण्डै १२ लाख रुपैयाँको टिकट विक्री भएको छ । शनिबार सम्पन्न पाँचथर गोल्ड कपमा टिकट विक्रीबाट कुल ११ लाख ७९ हजार २ सय ५० रुपैयाँ संकलन भएको आयोजक पाँचथर क्लबले आफ्नो फेसबुकमार्फत जानकारी दिएको छ ।
सर्व साधरणलाई खेल हेर्न प्रवेश शुल्कवापतको टिकटबाट सो रकम संकलन भएको हो । फागुन १६ गते पाँचथर र बागमती युथ क्लब सर्लाहीबीच भएको पहिलो सेमिफाइनलमा १ लाख १६ हजार ७ सय ५० रुपौयाँ तथा त्रिभुवन आर्मी फुटबल क्लब र झापा ११ फागुन १७ गते भएको सेमिफाइनलमा १ लाख ५६ हजार रुपैयाँ संकलन भएको जनाइएको छ ।
त्यस्तै फागुन १९ गते पाँचथर र आर्मीबीच भएको फाइनलको टिकट विक्रीबाट ६ लाख ३० हजार रुपैयाँ संकलन भएको आयोजक क्लबका सचिव योगराज सेढाईले जानकारी दिए । क्वार्टरफाइनलमा १ सय ५०, सेमिफाइनलमा २ सय तथा फाइनलमा ३ सय रुपैयाँ टिकट दर तोकिएको थियो । खेलमा वृद्धवृद्धा, बालबालिका तथा अशक्तका लागि भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको थियो ।
८ टोलीको सहभागिता रहेको प्रतियोगितामा भएको आयव्यय विवरण केहि दिनमा सार्वजनिक गरिने क्लबका सचिव सेढाईले जानकारी दिए । आयोजक टोलीलाई हराउँदै आर्मीले उपाधि जितेको थियो । विजेता टोलीले ५ लाख ५ हजार र दोस्रो पाँचथरले २ लाख ५५ हजार रुपैयाँ प्राप्त गरेको थियो ।
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]
February 24, 2025
सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]