1 year ago
March 4, 2024
सुबास हुमागाईं, काठमाडौं
वाफ महिला च्याम्पियनसिपको फाइनलमा घाइते हुन पुगेकी नेपाली राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रिती राईको चोटको शल्यक्रिया आज हुँदैछ ।
राष्ट्रिय टोलीकी फिजियो नविना श्रेष्ठ वैद्यका अनुसार प्रितीको दायाँ घुँडाको मेनिस्कसको शल्यक्रिया गरिने भएको हो । ललितपुरस्थित बि एण्ड बि अस्पतालका वरिष्ठ अर्थोपेडिक सर्जन डाक्टर अमित जोशीको टोलीले शल्यक्रिया गर्दैछ । प्रितीको आइतबार गरिएको एमआरआईबाट चोटको प्रकृतिबारे विस्तृत विवरण आएपछि आज शल्यक्रिया गरिएको हो ।
फिजियो वैद्यका अनुसार मेनिस्कस रिपेयर गरिएको र प्रितीले नियमित फिजियोथेरापी गरेपछि तीन महिनाभित्र मैदान फर्कनेछिन् । प्रितीको गतवर्ष भने एमसीएल (मेडीएल कोल्याटरल लिगामेन्ट) शल्यक्रिया गरिएको थियो । उनले केही महिनाअघि मात्र उक्त चोटबाट पुनरागमन गरेकी थिइन् ।
साउदी अरबमा सम्पन्न वाफ खेलेर नेपाल फर्कने क्रममा विमानस्थलमा पनि प्रिती ह्विलचेयरमै रहेकी थिइन् । प्रितीसँगै रश्मीकुमार घिसिङ पनि नेपाल फर्कने क्रममा ह्विलचेयरमा थिइन् । रश्मीको एन्कल सुन्निएको र जोखिम न्यूनिकरणका लागि ह्विलचेयरमा राखिएको वैद्यले जानकारी दिइन् । नेपाल आएकै दिन रश्मीको चोट परिक्षण गरेर सामान्य रहेको थाहा भएपछि आइलिग खेल्न भारत प्रस्थान गरिसकेकी छिन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङले चोट लागेका दुवै खेलाडीको उपचारको सम्पूर्ण खर्च एन्फाले बेहोर्ने जनाएका थिए । यसअघि एसियाली खेलकुदमा चोट बोकेकी सरु लिम्बुको पनि खर्च एन्फाले गर्ने बताएको थियो । चीनमै शल्यक्रिया गरेकी सरु हाल रिह्याबमा व्यस्त रहेकी छिन् ।
नेपालले अक्टोबरमा साफ महिला च्याम्पियनसिप २०२४ खेल्ने तालिका रहेको छ । नियमित प्रक्रिया अनुसार उक्त प्रतियोगिताका लागि प्रिती र सरु दुवै तयार हुनेछन् । कप्तान तथा मिडफिल्डर रेनुका नगरकोटे पनि चाडै मैदान फर्कने तरखरमा छिन् । उनले पनि काँधको चोटका कारण वाफ च्याम्पियनसिप गुमाएकी थिइन् ।
May 2, 2025
रविन्द्र वाइवा, मकवानपुर हेटौंडामा शुक्रवार सुरु मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा चितवनले विजयी सुरुवात गरेको छ । हेटौंडा-६ स्थित गौरीटार रंगशालामा भएको उद्घाटन खेलमा आयोजक मकवानपुरलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै चितवनले गोल्डकपमा विजयी सुरुवात गरेको हो । निर्धारित खेल समय १-१ गोलको बराबरीपछि खेलको नतिजा टाइब्रेकरबाट लिएको हो । चितवनको लागि अनिता गुरुङले दोस्रो […]
May 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपालको हिमाली सीमावर्ती क्षेत्रमा बसोबास गर्ने बालबालिकालाई खेलकुदमा प्रोत्साहन गर्ने उद्देश्यले ग्रासरुट स्पोर्ट्स प्रोग्रामअन्तर्गत मनाङ जिल्लाका लागि नेपाल एपिएफ क्लबमार्फत १ लाख रुपैयाँ प्रदान गरेका छन् । यसले बालबालिकाको शारीरिक र मानसिक विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ। साथै, यसबाट राज्यलाई आवश्यक खेलकुद जनशक्ति उत्पादनमा पनि […]
May 2, 2025
एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो। सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]