12 months ago
March 4, 2024
एजेन्सी – स्पेनिस ला लिगामा शीर्ष दौडमा रहेका जिरोनाले हार बेहोर्दा क्याटलान क्लब बार्सिलोना बराबरीमा रोकिएको छ । यो नतिजाले शीर्षस्थानमा रहेको रियल म्याड्रिडलाई फाइदा पुगेको छ ।
ला लिगा अन्तरगत २७औं राउन्डको खेलमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोना घरेलु टोली रियल मलोर्कासँग १–० ले पराजित भएको हो ।
जिरोनालाई पराजित गर्न मलोर्काका जोस कोपेटले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ३३औं मिनेटमा साइल लरिनको पासमा गोल गर्न सफल भएका थिए ।
यस हारसँगै जिरोनाले शीर्षस्थानको रियलसँगको अंकदुरी छोट्याउने मौका गुमाएको छ । जिरोना २७ खेलबाट ५९ अंक जोडेर दोस्रो स्थानमा छ ।
ला लिगाकै अर्काे खेलमा बार्सिलोना एथलेटिको बिल्वाओसँग गोलरहित बराबरीमा रोकिदा दोस्रो स्थानमा उक्लदै रियलसँगको अंक दुरी छोट्याउने अवसर गुमाएको छ ।
बिल्वाओका मैदानमा आइतबार राति भएको खेलमा पाहुना टोली बार्सिलोनाले बल पासेसन राख्दै खेलमा पकड जमाएपनि गोल गर्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो ।
यस बराबरीले तेस्रो स्थानमा रहेको बार्सिलोनाको २७ खेलबाट ५८ अंक छ । जित निकाल्न सकेको भए बार्सिलोना दोस्रो स्थानमा उक्लदै रियलसँगको अंक दुरी ६ मा छोट्याउने थियो ।
शीर्षस्थानको रियलको २७ खेलबाट ६६ अंक छ । बार्सिलोनालाई बराबरीमा रोकेको बिल्वाओ ५० अंक जोडेर पाँचौं स्थानमा छ ।
ला लिगाकै अर्काे खेलमा एट्लेटिको मड्रिडले रयल बेटिसलाई २–१ ले पराजित गरेको छ । एट्लेटिकोको जितमा अल्भारो मोराटाले गोल गर्दा एक गोल उपहार पाएको थियो । रियल बेटिसका विलियम कार्भाल्होले एक गोल फर्काए ।
यस जितले एट्लेटिको २७ खेलबाट ५५ अंक जोडेर ५५ अंक जोडेर चौथो स्थानलाई थप मजवुत पारेको छ । पराजित बेटिस ४२ अंक जोडेर छैटौं स्थानमा छ ।
अर्काे खेलमा भिल्लारियलले ग्रानडालाई ५–१ ले पराजित गरेको छ । भिल्लारियलको जितमा एलेक्सान्डर सोर्लाेथले ह्याट्रिक पूरा गरे । इटिन कोपोइ र गोन्कालो गुइडेसले एक गोल गपे । ग्रानडाका थियोडरले एक गोल फर्काए ।
यस जितले भिल्लारियल २७ खेलबाट ३२ अंक जोडेर १२औं स्थानमा उक्लिएको छ । पराजित ग्रानडा १४ अंक जोडेर १९औं स्थानमा छ ।
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]
February 24, 2025
सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]