default_image

12 months ago

March 3, 2024

म्यानचेस्टर डर्बीमा सिटी विजयी

1127 views

0 Bookmark

एजेन्सी – बहुप्रतिस्थित म्यानचेस्टर डर्बी, म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडको भिडन्तमा सिटीले बाजी मारेको छ । इंग्लिश प्रिमियर लिग अन्तर्गत आईतबार बेलुका सम्पन्न खेलमा सिटीले आफ्नै घरेलु मैदानमा युनाइटेड विरुद्ध ३-१ को पुनरागमन जित दर्ता गरेको हो ।

सिटीका लागि फिल फोडेनले दुई तथा एरलिङ हालान्डले एक गोल गरे ।

तर त्यसअघि खेलमा अग्रता भने युनाइटेडले लिएको थियो । खेलको आठौ मिनेटमा मार्कस र्यासफर्डले बक्स बाहिरबाट शक्तिशाली प्रहारले गोल गर्दै खेलमा युनाइटेडलाई अग्रता दिलाएका थिए ।

सिटीले भने पहिलो गोल गर्न दोस्रो हाफ कुर्नु परेको थियो । ५६औं मिनेटमा फोडेनले पनि बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै खेलमा बराबरी गरे ।

८०औं मिनेटमा उनले नै व्यक्तिगत दोस्रो गोल गर्दै खेलमा सिटीलाई अग्रता दिलाए । जुलियन अल्भारेजको पास लिंदै बक्स भित्रबाट राम्रो फिनिश गर्दै उनले अग्रता दिलाएका थिए ।

त्यसपछि इन्ज्युरी समयको पहिलो मिनेटमा हालान्डले गोल गर्दै सिटीको जित सुनिश्चित गरे ।

जित पछि दोस्रो स्थानमा रहेको सिटीको २७ खेलमा ६२ अंक भएको छ । पहिलो स्थानमा रहेको लिभरपुलको समान २७ खेलमा ६३ अंक रहेको छ । युनाइटेड भने २७ खेलमा ४४ अंक सहित छैठौं स्थानमा छ ।

February 24, 2025

दीपेन्द्र धनगढीको ब्रान्ड एम्बासडरमा नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]

February 24, 2025

भुटानको डागा भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी‌ ओली कप फुटबल […]

February 24, 2025

अस्ट्रेलियामा सगरमाथा जिएनसी लिग च्याम्पियन

सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]

Success

Thank you for your time.