12 months ago
March 2, 2024
एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत शनिबार साँझ भएका खेलमा लिभरपुल र टोटेनहम विजयी भएका छन् । लिभरपुलले नोटिंघम फरेस्टलाई हराउँदा टोटेनहमले क्रिस्टल प्यालेस विरुद्ध जित निकालेको हो ।
लिभरपुलले फरेस्ट विरुद्ध १-० को नाटकीय जित निकालेको हो । इन्ज्युरी समयको नवौं मिनेटमा एलेक्सिस म्याक एलिस्टरको क्रसमा सुन्दर हेडर प्रहार गर्दै डार्विन नुनेजले लिभरपुलका लागि नाटकीय जित दर्ता गरे ।
जित सँगै लिभरपुलले शीर्ष स्थानमा अंक दूरी बढाएको छ । लिभरपुलको २७ खेलमा ६३ अंक रहेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २६ खेलमा ५९ अंक रहेको छ ।
उता टोटेनहमले भने क्रिस्टल प्यालेस विरुद्ध ३-१ को जित निकाल्यो । १-० ले पछि परेको अवस्थामा टोटेनहमले १२ मिनेटको अन्तरालमा तीन गोल गर्दै जित पक्का गरेकाे हाे
क्रिस्टल प्यालेसका लागि एबेरिचे एजेले फ्रिकिक मार्फत गोल गर्दै ५९औं मिनेटमा अग्रता दिलाएका थिए । ७७औं मिनेटमा स्पर्सका लागि टिमो वेर्नरले बराबरी गोल गरे । यस्तै ८०औं र ८८औं मिनेटमा क्रिस्टियन रोमेरो र सन ह्युङ-मिनले गोल गर्दै टोटेनहमलाई जित दिलाए ।
जित पछि टोटेनहम २६ खेलमा ५० अंक सहित पाँचौं स्थानमा यथावत छ । प्यालेस भने २७ खेलमा २८ अंक सहित १४औं स्थानमा छ ।
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]
February 24, 2025
सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]