default_image

6 months ago

March 2, 2024

एन्जिला र गिता सम्मिलित सेथुको लज्जास्पद हार

15795 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली महिला टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बा र डिफेन्डर गिता राना सम्मिलित सेथु मदुराइ एफसीले भारतीय महिला लिगमा ठुलो अन्तरको हार बेहोरेको छ । सेथुले शनिबार ओडिशा एफसी विरुद्ध ४-० को फराकिलो हार बेहोरेको छ ।

ओडिशाको जितमा प्यारी छाछाले २ गोल गरिन् भने विन थेइएन्गी तुन र इन्दुमथी काथीरेसनले समान १ गोल गरिन् । 

खेलमा एन्जिलाले पुरै ९० मिनेट मैदानमै बिताइन् भने गीता ८४ औं मिनेटमा मैदान बाहिरिएकी थिइन् । एन्जिला र गिता नेपाली टोलीमा सम्मिलित भएर साउदी अरेबियाबाट सिधै भारत प्रस्थान गरेका थिए । नेपाली टोली भने हिजो राती नेपाल आइपुगेको थियो । 

आमन्त्रित टोली नेपालले वाफ च्याम्पियनसिपमा उपविजेतामा सिमित भएको थियो । नेपाल फाइनलमा जोर्डन विरुद्ध पेनाल्टी सुटआउटमा पराजित भएको थियो ।  

सेथु ९ खेलमा ३ जित, १ बराबरी ५ हार सहित १० अंक बटुल्दै पाँचौ स्थानमा छ । ओडिशा भने ९ खेलमा ७ जित, १ बराबरी र १ हार सहित २२ अंकका साथ शीर्ष स्थानमा छ ।

सेथुले अर्को खेलमा स्पोर्ट्स ओडिशा विरुद्ध मार्च ९ मा खेल्नेछ ।   

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.