default_image

12 months ago

March 2, 2024

एपिएफ झापा गोल्डकपको क्वार्टरफाइनलमा

357 views

0 Bookmark

हिमाल खरेल,बिर्तामोड

टाइब्रेकरमा भाग्यमामनी सावित हुँदै एपिएफ फुटबल क्लब छैटौँ संस्करणको झापा गोल्ड कपको उद्घाटन खेलमा विजयी भएको छ । संकटा क्लबलाई शनिबार ४–२ ले पराजित गर्दै एपिएफले क्वार्टर फाइनलको यात्रा तय गरेको छ ।निर्धारित समय गोलरहित बराबरीमा टुंगिएको थियो ।

एपिएफका लागि दिपेश धिमाल, फोडे फोफोना, कुलदिप कार्की र सुमन श्रेष्ठले गोल गरेका थिए । संकटाका चन्दन दास र यमनबहादुर पुत्वारको प्रहार मात्र गोलमा परिणत भएको थियो । संकटाका अजित लामाको प्रहार विपक्षी गोलकिपरले रोके भने मौसम सुब्बाको प्रहार गोलपोस्टमा लागेर फर्कियो ।

खेलको चौथो मिनेटमै एपिएफले अग्रता लिने अवसर गुमाएको थियो । फोडे फोफोनाको क्रसमा पेनाल्टी एरियामा अनमार्क रहेका बुद्धिमान राईले गोल गर्न सकेनन् । उनको प्रहार क्रस बार नजिकैबाट बाहिरियो । १३ औँ मिनेटमा १८ यार्डबाट अनिस महर्जनको प्रहार आकासियो ।

२० औँ मिनेटमा अनिसकै प्रहार गोल रक्षकले विफल बनाए । २४ औँ मिनेटमा कुलदिप कार्कीको पासमा गोल पोस्ट नजिकै रहेका अनिसको हेडर बाहिरियो । ५५ औँ मिनेटमा एपिएफका अनिस रानाले पेनाल्टी एरियाबाट गरेको कडा प्रहार संकटाका गोलरक्षक निशान रानाले पञ्च गरेर बचाए । ७६ औँ मिनेटमा एपिएफका प्रदिप लामाको प्रहार बारको केही नजिकबाट बाहिरियो ।

अतिरिक्त समयमा दिपेश धिमालले मैदानको मध्यभागबाट गरेको कडा प्रहार संकटाका गोलकिपरले मुस्किलले पञ्च गरेर बताच । खेल अवधिभर गोल गर्ने थुप्रै अवसर बनाएको एपिएफले निर्धारित समयमा गोल गर्न नसक्दा खेलको निर्णय टाइब्रेकरमा गएको थियो ।

३४ औँ मिनेटमा संकटाका चन्दन दासले गरेको शक्तिशाली प्रहार एपिएफका गोलरक्षक एञ्जल श्रेष्ठले पञ्च गरेर बचाए । ६० औँ मिनेटमा संकटाका कप्तान गणेश हमालको हेडर एपिएफका गोलरक्षकले बचाए । खेलको प्लेयर अफ द म्याच एपिएफका गोलरक्षक एञ्जल श्रेष्ठ घोषित भए र उनले ११ हजार रुपैयाँ पुरस्कार पाए ।

प्रतियोगिताको विजेताले १३ लाख दोस्रो टोलीले ७ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतिायोगितामा आइतबार नेपाल पुलिस क्लब र लिग विजेता चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । ए डिभिजनसहित १० टोलीको सहभागिता रहेको प्रतियोगिताको फाइनल फागुन २६ गते हुनेछ ।

सभामुख घिमिरेले गरे उद्घाटन

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रतियोगिताको उद्घाटन गरेका छन् । सभामुख घिमिरेले प्रतिकुलताका बाबजुद पनि यत्रो प्रतियोगिता आयोजना गरेकोमा आयोजक समितिलाई धन्यवाद दिए ।

भूमाफियाको आँखा परेको डोमालाल राजवंशी रंगशालाको जमिन फिर्ता ल्याउन सबै नागरिकको सामुहिक प्रयास आवश्यक रहने बताए । उनले एक वर्षभित्र कानुनी अप्ठ्याराहरु भए संशोधन गरेर भए पनि यो जमिन रंगशालाको नाममा ल्याउनुपर्ने उनको धारणा थियो । आगामी संस्करण आफ्नै जमिनममा आयोजना गर्ने दिशामा अगि बढ्ने उनले बताए ।

प्रतियोगिता सुरु हुनुअघि विविध सांस्कृतिक कार्यक्रम आयोजना भएको थियो । गायक महेश काफ्ले र अस्मिता अधिकारीले उपस्थित हजारौँ दर्शकले भरिभराउ भएको रंगशाला तताएका थिए । कार्यक्रममा लिम्बू जातिको च्याब्रुङ नाच, राई जातिको साकेला नाच, सन्थाल नाच र नेवारी समुदायको लाखे नाच प्रस्तुत भएको थियो । यसैगरी धुलाबारीको इस्ट होराइजन स्कुलका विद्यार्थीहरुको आकर्षक नृत्य कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

प्रतियोगिता आयोजना हुँदै गर्दा बिर्तामोडलाई सिँगारिएको छ । बिर्तामोडदेखि विर्ताबजारस्थित रंगशाला जाने सडकमा बत्ती बालेर उज्यालो बनाइएको छ । बिर्तामोडको मुक्तिचोक झकिझकाउ बनाइएको छ । मुक्तिचोकको पूर्व–पश्चिम राजममार्गमाथि लुङता टाँगेर आकर्षण थपिएको छ । बिर्तामोडमा आउने पर्यटकले पनि सहजै झापामा भइरहेको यो प्रतियोगिताको लोकप्रियताको महसुस गर्ने छन् ।

कार्यक्रममा जग्गादाता डोमालाल राजवंशीका नाति भीम राजवंशीलाई१ लाख रुपैयाँसहित सम्मान गरिएको थियो । सोही कार्यक्रममा गोल्डकप आयोजक समितिले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि १ लाख ११ हजार रुपैयाँ प्रदान गरेको थियो ।

वरिष्ठ उपाध्यक्ष बलराम कार्कीले धन्यवाद ज्ञापन गरेको कार्यक्रम सञ्चारकर्मी केशव भट्टराईले सञ्चालन गरेका थिए । प्रतियोगिता आयोजक समितिका अध्यक्ष विनोद बस्नेतको अध्यक्षतामा भएको थियो ।

February 24, 2025

दीपेन्द्र धनगढीको ब्रान्ड एम्बासडरमा नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]

February 24, 2025

भुटानको डागा भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी‌ ओली कप फुटबल […]

February 24, 2025

अस्ट्रेलियामा सगरमाथा जिएनसी लिग च्याम्पियन

सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]

Success

Thank you for your time.