12 months ago
March 2, 2024
दिपक बोहरा,पाँचथर
त्रिभुवन आर्मी फुटबल क्लब पहिलो पटक पाँचथर गोल्ड कप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
शनिबार आयोजक पाँचथर क्लबलाई ४-२ ले हराउँदै ए डिभिजन टोली आर्मीले उपाधि जितेको हो । २०७४ सालमा दशैं फाल्गुनन्द गोल्डकपमा उपविजेता बनेको आर्मी ६ वर्ष पछि विजेता बनेर फर्कदैछ ।
फिदिम माविको खेलमैदानमा आर्मीलाई जित दिलाउन कप्तान दिपकुमार लामाले २ , पदम तामाङ र सन्तोष केसी समान १ गोल गरे । पाँचथरका आशिष चापागाईं र प्रशान्त लक्समले गोल गरे।
३१ औं मिनेटमा पेनाल्टी बक्समा कसैको निगरानीमा नरहेका पदमले फष्टबार च्याप्दै प्रहार गरेको बल पाँचथरका गोलकिपर मिराक खजुमले बचाउने क्रममा रिबाउन्ड हुँदा पदमलेनै गोल गरे।
खेलको ३९ औं मिनेटमा पाँचथरका दिनेश शेर्माको पासमा आशिषले बराबरी गोल फर्काए । ५२ औं मिनेटमा पाँचथरका प्रशान्तले गोल गर्दै पाँचथरलाई २- १ को अग्रता दिलाए ।
तर, पाँचथरको अग्रता लामो समय टिक्न सकेन । ५३ औं मिनेटमा आर्मीका सन्तोषले फ्रिकिक मार्फत गोल गर्दै खेलमा बराबरी गरे । डि एरिया बाहिर पाँचथरका आशिषले फाउल गरे पछि आर्मीले फ्रिकिक पाएको थियो ।
६१ औं मिनेट र ६९ औ मिनेटमा आर्मीका दिपले गोल गर्दै आर्मीको जित निश्चित पारे । आर्मीका पदम फाइनल अफ दी म्याच घोषित भए र उनले ५ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको उत्कृष्ट डिफेन्डर आर्मीका वसन्त तामाङ, उत्कृष्ट गोलकिपर आर्मीका नविन तामाङ , उत्कृष्ट मिड फिल्डर आर्मी रुपेश क्षेत्री, उत्कृष्ट प्रशिक्षक आर्मीका आर्दश मल्ल घोषित भए । उत्कृष्ट सबैले समान १० हजार प्राप्त गरे ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी पाँचथरका रोशन आङदेम्बे बने । प्रतियोगिताको उदयमानी खेलाडी आयोजक पाँचथर क्लबका मनिष क्षेत्री बने । सर्वोकृष्ट खेलाडी र उदयमानी खेलाडी समान १५ हजार रुपैयाँ प्राप्त गरे ।
मुमिन नेम्बाङ खेलको फ्यान अफ दि म्याच भए ।खेलकुद विकास समिति पाँचथरका अध्यक्ष सन्तोष मोक्ताङ सुटआउट हिरो ( खेलमैदानको बिचबाट गोल गर्ने दर्शक) भए । दुवैले समान २ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताका सबै खेल हेरेर ७२ वर्षिय नरेन्द्रकुमार सम्हाफे फ्यान अफ दि टुर्नामेन्ट बन्दै २ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।
विजेता आर्मी उपाधि सहित ५ लाख ५ हजार र दोस्रो पाँचथरले २ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्यो।
समापन समारोहमा पुख्यौली घर पाँचथर भएका यु २३ का खेलाडी प्रशान्त लक्समलाई दोसल्ला ओडाएर कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सम्मान गरेका थिए । प्रतियोगितामा ८ टोलीको सहभागिता थियो।
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]
February 24, 2025
सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]