default_image

8 years ago

January 30, 2017

रियल म्याड्रिडको सहज जित

140 views

0 Bookmark

एजेन्सी – स्पेनिश ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा रियल म्याड्रिडले रियल सोसिडाडलाई ३-०ले पराजित गरेको छ।

real-madrids-portuguese-forward-cristia

पहिलो हाफको ३८औं मिनेटमा रोनाल्डोको पासलाई सदुपयोग गर्दै माटियो कोभाचिचले म्याड्रिडलाई सुरुवाति अग्रता दिलाएका थिए। क्रिस्टियानो रोनाल्डोले ५१औं मिनेटमा गोल गर्दै म्याड्रिडको अग्रता दोब्बर बनाए। अल्भारो मोराटाले ८२औं मिनेटमा गोल गरेपछि म्याड्रिडको ३-०को जित सुनिश्चित भएको थियो।

बार्सिलोनाले बेटिससंग बराबरी र सेभिलाले इस्प्यान्योल संग पराजय भोगेपछि म्याड्रिड पुन: अंक तालिकामा ठुलो अन्तर स्थापित गर्न सफल रहेको छ। बार्सा र सेभिलाको समान ४२ अंक छ भने एक खेल कम खेलेको रियलको ४६अंक भइसकेको छ।

March 24, 2025

साविक विजेता स्पेन सेमिफाइनलमा

एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]

March 24, 2025

पुनरागमन जितसँगै फ्रान्स सेमिफाइनलमा

एजेन्सी – फ्रान्सले युइएफए नेसन्स लिगको क्वार्टरफाइनलमा क्रोएसियामाथि पुनरागमन जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । सोमवार बिहान भएको क्वार्टरफाइनलको दोस्रो लेगको सडन डेथमा ५-४ को जित सहित फ्रान्सले सेमिफाइनलमा स्थान बनाएको हो । दोस्रो लेगको निर्धारित समयमा फ्रान्सले २–० को अग्रता बनायाे । शुक्रवार क्रोएसियाको घरेलु मैदानमा भएको खेलमा फ्रान्स २-० ले पराजित […]

March 24, 2025

पोर्चुगल सेमिफाइनलमा

एजेन्सी – डेनमार्कलाई क्वाटरफाइनलमा पराजित गर्दै पोर्चुगल युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार ५-२ को जित निकालेको पोर्चुगल समग्रमा ५-३ अग्रतासहित अघि बढ्यो । पहिलो लेगमा डेनमार्क १-० ले विजयी भएको थियो । पोर्चुगललाई घरेलु मैदानमा जित दिलाउन फ्रान्सिस्को ट्रिन्काओले २ , क्रिस्टियानो रोनाल्डो र गोन्सालो रामोसले समान १ […]

Success

Thank you for your time.