12 months ago
March 2, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल युवा संघ द्वारा आयोजित दोस्रो संस्करणको केपी ओली कपको फाइनल खेल आज हुँदै छ । साँझ ५ बजे दशरथ रंगशालामा हुने उपाधि भिडन्तमा साविक विजेता मछिन्द्र एफसी र न्यू रोड टिम (एनआरटी) भिड्ने छन् ।
पहिलो संस्करणको उपाधि उचालेको मछिन्द्र यसपटक पनि उच्च लयमा देखिएको छ । अधिकांस राष्ट्रिय टोलीका नियमित खेलाडी रहेको मछिन्द्रले यस प्रतियोगिताको दुई खेलमा ९ गोल गरेको छ । पहिलो खेलमा मछिन्द्रले नेपाल पुलिस क्लब माथि ४-० को जित दर्ता गरेको थियो भने सेमिफाइनलमा भारतको टोली मानेभञ्ज्याङ एफसीलाई ५-० ले पराजित गरेको थियो ।
उता एनआरटीले भने पहिलो खेलमा थ्री स्टार क्लब माथि १-० को जित निकाल्दै सेमिफाइनलमा आफ्नो स्थान बनाएको थियो । सेमिफाइनलमा भने एनआरटीले जावलाखेल युथ क्लबलाई ३-० ले पराजित गरेको हो ।
प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् ।
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]
February 24, 2025
सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]