default_image

8 months ago

March 2, 2024

बायर्न बराबरीमा रोकियो

415 views

0 Bookmark

एजेन्सी – उपाधि दावेदार बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा अर्काे बराबरी खेलेको छ । पछि परेको स्थिति उल्ट्याएर जितनजिक पुगेको बायर्न अन्तिम समयमा सम्हालिन नसक्दा घरेलु टोली फ्रेइवर्गसँग २–२ गोलको बराबरीमा रोकिन पुगेको हो ।

फ्रेइवर्गमा शुक्रबार राति भएको खेलमा घरेलु टोलीका क्रिष्टियन गन्टर र लुकास होलेरले गोल गरे । बायर्नका म्याथिज टेल र जमल मुसिएलाले गोल फर्काए ।

खेलको १२औं मिनेटमा निकोलस होफ्लेरको पासमा गन्टरले गोल गर्दै फ्रेइवर्गलाई १–० को अग्रता दिलाए । ३५औं मिनेटमा म्याथिज टेलले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए ।

७५औं मिनेटमा जमल मुसिएलाले गोल गर्दै बायर्नलाई २–१ को अग्रता दिलाए । उनले मिन जाइ किमको पासलाई सदुपयोग गरेका थिए । जिततर्फ उन्मुख बायर्न अन्तिम तीन मिनेट सम्हालिन नसक्दा बराबरीमा रोकिन पुग्यो । ८७औं मिनेटमा लुकासले गोल गर्दै बायर्नलाई जितबाट बञ्चित गराए ।

यस बराबरीले बायर्नको उपाधि यात्रामा थप धक्का लागेको छ । एक खेल बढी खेलेको बायर्न शीर्षस्थानको बायर लिभरकुसनसँग ७ अंकले पछि परिसकेको छ ।

बायर्नको २४ खेलबाट ५४ अंक छ । एक खेल कम खेलेको शीर्षस्थानको बायर लिभरकुसनको २३ खेलबाट ६१ अंक छ । बायर्नलाई रोकेको फ्रेइवर्ग ३० अंक जोडेर नवौं स्थानमा छ ।

October 18, 2024

नेपालले आज भुटानसँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिपमा आज आयोजक नेपालले भुटानसँग खेल्दैछ । नेपाल जितबाट प्रतियोगिताको सुरूवात गर्ने दाउमा रहनेछ । छोटो तयारीका बाबजुद नेपाली टिमले उपाधि जित्ने लक्ष्य बनाएको छ। यसको लागि आज जितबाट सुरूवात गर्न जरूरी छ। दशरथ रङ्गशालामा साँझ ५:३० बजे हुने खेलमा नेपाललाई घरेलु दर्शकको साथ रहनेछ । आजको खेलमा नेपालकी […]

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

Success

Thank you for your time.