default_image

12 months ago

March 1, 2024

एन्फाको घोषणा – महिला टोलीका खेलाडीलाई‌ जनही ५१ हजार

1197 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – वाफ च्याम्पियनसिपको फाइनल खेलेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीका खेलाडीलाई‌ जनही ५१ हजार रुपैयाँ दिने घोषणा गरेको छ।

साउदी अरेबियाबाट आज (शुक्रबार) स्वदेश आइपुगेको‌ टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज विक्रम नेम्वाङले जनही ५१ हजार दिने घोषणा गरेका हुन् ।

साउदी जानु अघि नै मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाेराम लामाले महिला टोलीलाई‌ १ लाख रुपैयाँ दिने घोषणा गरेका थिए ‌। लामाले त्यसमा २५ हजार रुपैयाँ थप्ने घोषणा गरेका थिए।

नेपाली टोलीले बिहीबार राति पश्चिम एसियाली फुटबल महासंघ (वाफ) को आयोजना भएको वाफ च्याम्पियनसिपको‌ फाइनल खेलेको थियो।

नेपाल जोर्डन सँग पेनाल्टी सुट आउटमा ५-३ ले पराजित भएको थियो । प्रतिस्पर्धात्मक फाइनल निर्धारित समय २-२ को बराबरी सकिएको थियो। फाइनल अघिसम्म नेपाली टोली अपराजित थियो ।

फाइनल सम्मको खेलमा १७ गोल गरेको थियो भने ४ गोल खाएको थियो। सावित्रा भण्डारी साम्बा ९ गोल सहित वाफको सर्वाधिक गोलकर्ता बनेकी छन्।

आठौं संस्करणमा जोर्डन छैटौं पटक च्याम्पियन बनेको थियो। नेपाल भने त्यो प्रतियोगितामा पहिलो पटक भाग लिएको हो। सन् २०१० पछि साफ च्याम्पियनसिप, साग, हिरो कप, नादेज्दा कप र वाफमा गरि ११ वटा फाइनल खेल्दा नेपाली टोली च्याम्पियन बन्न सकेको छैन।

February 24, 2025

दीपेन्द्र धनगढीको ब्रान्ड एम्बासडरमा नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]

February 24, 2025

भुटानको डागा भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी‌ ओली कप फुटबल […]

February 24, 2025

अस्ट्रेलियामा सगरमाथा जिएनसी लिग च्याम्पियन

सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]

Success

Thank you for your time.