default_image

12 months ago

March 1, 2024

नेपाल र बहराइनको खेल दशरथ रंगशालामा नहुने

1262 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिपुरेश्वर दशरथ रंगशालाको मैदान अन्तराष्ट्रिय खेलका लागि उपयुक्त नहुने देखिएपछि नेपाल र बहराइनबीच हुने फिफा विश्वकप २०२६ र एएफसी एसियन कप छनौट २०२७ को छनोट खेल नहुने भएको छ ।

पूर्व निर्धारित तालिका अनुसार चैत ८ गते दशरथ रंगशाला र चैत १३ गते बहराइनमा नेपाल र बहराइनको राष्ट्रिय पुरुष फुटबल टोलीबीच खेल हुनुपर्ने थियो।

एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई शुक्रबार पत्र पठाउँदै नेपाल र बहराइनबीचको पहिलो लेगका लागि न्युट्रल भेन्यू व्यवस्थापन गर्न भनेको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए।

छनोट खेल होम एण्ड अवेका आधारमा हुन्छ । तर पछिल्लो समय दशरथ रंगशालाको मैदानको अवस्था बिग्रिएपछि त्यहाँ खेल सम्भावना थिएन । मैदान तयार पार्न समयमा दशरथ रंगशाला नपाएको एन्फा प्रवक्ता शाहले बताए।

एएफसीका प्रतिनिधि मिन्दु दोर्जेले सोमबार दशरथ रंगशालाको निरीक्षण गरेपछि नेपाल र बहराइन बीचको खेलबारे अन्यौलता थपिएको थियो । दोर्जे रंगशालाको अवस्थाबाट सन्तुष्ट रहेका थिएनन् । निरीक्षणपछि उनले एएफसीलाई प्रतिवेदन बुझाएका थिए ।

दशरथ रंगशालामा पुस १४ गते नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको फाइनल भएको थियो। त्यसपछि खाली रहेको मैदानमा गत साता रग्बीको क्लब च्याम्पियनसिप आयोजना भएको थियो। रेग्बी त्यहि खेल जुन संघको निवर्तमान अध्यक्ष राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ हुन् ।

प्रतिनिधि पठाएर झन्डै दुई साताअघि दशरथ रंगशालाको भ्रमण गरेपछि त्यहाँ खेल्ने अवस्था नभएको निष्कर्ष सहित जोर्डनले एएफसीलाई‌ जानकारी गराएको‌ थियो।

February 25, 2025

केपी ओली कपमा‌ आज पनि २ खेल

काठमाडौं (हाम्रो खेलकुद ) – केपी ओली कप फुटबल प्रतियोगिताका आज दुई खेल हुँदैछन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा पहिलो खेल एपिएफ एफसी र संकटा एफसी बिच हुनेछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा एपीएफ एफसी र संकटा एफसी भिड्ने छन् । खेल बिहान साढे ११ बजे सुरु हुनेछ । एपिएफ लगातार तेस्रो […]

February 24, 2025

दीपेन्द्र धनगढीको ब्रान्ड एम्बासडरमा नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]

February 24, 2025

भुटानको डागा भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी‌ ओली कप फुटबल […]

Success

Thank you for your time.