default_image

6 months ago

March 1, 2024

बहराइन विरुद्धको विश्वकप छनोटका लागि प्रारम्भिक नेपाली टोली घोषणा 

4256 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२६ एसियाली छनोट अन्तर्गत मार्च महिनामा बहराइन विरुद्ध दुई खेलका लागि नेपालको प्रारम्भिक टोलीको घोषणा भएको छ । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले ३३ सदस्सिय प्रारम्भिक टोलीको घोषणा गरेका हुन् ।

चार जना खेलाडीले पहिलो पटक राष्ट्रिय टोलीको प्रशिक्षणका लागि बोलाइएका छन् । पहिलो पटक बोलाइएका खेलाडीमा डिफेन्डरद्वय अजय चौधरी र दिपेन्द्र विक सहित मिडफिल्डर रोहन कार्की र फरवार्ड समिर तामाङ रहेका छन् । 

यस्तै डेब्यु गर्न बाँकी रहेका सन्तोष खत्री, क्रितिश रत्न छुन्जु, अभिषेक बराल, एञ्जल महर्जन, विशाल तामाङ पनि प्रारम्भिक टोलीमा अटाएका छन् । यी पाँच जना मध्य क्रितिश रत्न छुन्जु र अभिषेक मात्र अन्तिम टोलीमा अटाएका खेलाडी हुन् । अन्य तीन खेलाडीले राष्ट्रियटोलीसँग प्रशिक्षण भने गरिसकेका छन् ।  

नेपालले मार्च २१ र २७ मा बहराइन विरुद्ध दुई खेल खेल्ने तालिका रहेको छ । मार्च २१मा घरेलु मैदानमा खेल हुने तालिका रहेपनि दशरथ रंगशाला अयोग्य रहेका कारण खेल नेपालमा नहुने उच्च सम्भावना रहेको छ । तर आधिकारिक जानकारी भने आइसकेको छैन ।   

प्रारम्भिक नेपाली टोली:

गोलकिपर: किरण चेम्जोङ, अभिषेक बराल, विशान सुनार, दीप कार्की

डिफ़ेण्डर: अजय चौधरी, अनन्त तामाङ, एञ्जल महर्जन, बिमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, दिपेन्द्र विक, रोहित चन्द, सनिश श्रेष्ठ, सुमित श्रेष्ठ, योगेश गुरुङ 

मिडफ़िल्डर: एरिक विष्ट, विशाल तामाङ, क्रितिश रत्न छुन्जु, लाकेन लिम्बु, मणि कुमार लामा, मनिष डाँगी, रोहन कार्की, सन्तोष खत्री, सुरज जिउ ठकुरी, उत्सब राई 

फरवार्ड: अन्जन विष्ट, आयुष घलान, दिनेश हेन्जन, जिलेस्पी जंग कार्की, हिसुब थपलिया, राजेश परियार, समिर तामाङ, सन्जिव विष्ट

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.