12 months ago
March 1, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – साफ यु-१६ महिला च्याम्पियनसिप आज देखि काठमाडौँमा सुरु हुदै छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने आजको उद्घाटन खेलमा भारत र भुटान भिड्दै छन् । खेल दिनको ३ बजे सुरु हुने छ ।
भारत दक्षिण एसिया क्षेत्रमा लगातार युवा महिला फुटबलमा बलियो टोलीका रुपमा उभिने गरेको छ । भुटानको भने प्रदर्शन आजसम्म पनि सोचेजस्तो रहन सकेको छैन ।
भारतीय टोली गत तीन महिनादेखि बन्द प्रशिक्षणमा रहेको थियो । मुख्य प्रशिक्षक बिवि थोमसका अनुसार टोली उपाधिका लागि नै खेल्नेछ । प्रतियोगिता अघिको।पत्रकार सम्मेलनमा बोल्दै तयारी दुई महिनाको मात्र भएपनि कम समयले खेलाडीको प्रदर्शनमा असर नगर्ने थोमसले बताए ।
“भारत फुटबल विकास भैरहेको देश हो । साफका लागि मात्र नभई भारतको हरेक प्रान्त र क्लबहरुमा युवा खेलाडी उत्पादनका लागि ३६५ दिन नै लागिरहन्छन”, थोमसले भने । “त्यसैले तयारीका लागि थोरै समय भएपनि खासै फरक पर्दैन।”
भारतकी कप्तान श्वेता रानीले भने टोलीको तयारी राम्रो भएको बताइन् । “हामीले राम्रो प्रशिक्षकको नेतृत्वमा दुई महिना तयारी गरेका छौं”, उनले भनिन् । “हामीसँग अन्तर्राष्ट्रिय खेलको अनुभव नभएपनि फरक भने पर्दैन ।” भारतका धेरै ठाउँमा काठमाडौँकै जस्तो वातावरण भएका कारण नेपालमा भारतीय टोलीलाई गाह्रो भने नहुने समेत उनले भनिन् ।
अर्कोतर्फ भुटानी प्रशिक्षक लोजाङ छोदेनले विगतमा कमजोर प्रदर्शनको प्रमुख कारण तयारी समयको अभाव रहेको बताइन् । टोलीले एक महिनाको तयारीमा राम्रो प्रदर्शन गर्ने समेत उनले जिकिर गरिन् । “टिममा अधिकांश खेलाडी नयाँ छन् । उनीहरुले एक महिनाको मात्र प्रशिक्षण पाएका छन्”, छोदेनले भनिन् । “विगतमा तयारीको समय कम हुने कारणले गर्दा हाम्रो प्रदर्शन कमजोर रहने गरेको थियो । खेलाडीहरू शारीरिक रुपमा कमजोर रहेपनि मानसिकता भने राम्रो छ त्यसैले मलाई लाग्छ उनीहरूले राम्रो गर्नेछन् ।”
भुटानकी कप्तान खान्दु त्सोमोले पनि तयारीको समय कम भएका कारण खेलाडीहरुले एकअर्कालाई चिन्न चुनौतिपूर्ण भएपनि टोलीले राम्रो प्रदर्शन गर्ने बताइन् ।
फाल्गुन २७ गतेसम्म चल्ने प्रतियोगिता राउण्ड रोबिन ढाँचामा खेलाइने छ । नेपाल सहित भारत, भुटान र बंगलादेश सम्मिलित यस प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् ।
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – केपी ओली कप फुटबल प्रतियोगिताका आज दुई खेल हुँदैछन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा पहिलो खेल एपिएफ एफसी र संकटा एफसी बिच हुनेछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा एपीएफ एफसी र संकटा एफसी भिड्ने छन् । खेल बिहान साढे ११ बजे सुरु हुनेछ । एपिएफ लगातार तेस्रो […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]