12 months ago
March 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले साउदी अरेबियाबाट आज (शुक्रबार) स्वदेश आइपुग्ने भएको छ।
राति ८:४५ बजे टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। टोली साउदीको रियादबाट सारजाह ट्रान्जिटपछि काठमाडौंका लागि उड्नेछ।
नेपाली टोलीले बिहीबार राति पश्चिम एसियाली फुटबल महासंघ (वाफ) को आयोजना भएको वाफ च्याम्पियनसिपको फाइनल खेलेको थियो।
नेपाल जोर्डन सँग पेनाल्टी सुट आउटमा ५-३ ले पराजित भएको थियो । प्रतिस्पर्धात्मक फाइनल निर्धारित समय २-२ को बराबरी सकिएको थियो। फाइनल अघिसम्म नेपाली टोली अपराजित थियो ।
फाइनल सम्मको खेलमा १७ गोल गरेको थियो भने ४ गोल खाएको थियो। सावित्रा भण्डारी साम्बा ९ गोल सहित वाफको सर्वाधिक गोलकर्ता बनेकी छन्।
आठौं संस्करणमा जोर्डन छैटौं पटक च्याम्पियन बनेको थियो। नेपाल भने त्यो प्रतियोगितामा पहिलो पटक भाग लिएको हो। सन् २०१० पछि साफ च्याम्पियनसिप, साग, हिरो कप, नादेज्दा कप र वाफमा गरि ११ वटा फाइनल खेल्दा नेपाली टोली च्याम्पियन बन्न सकेको छैन।
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – संकटा फुटबल क्लबले एपिएफ फुटबल क्लबलाई पराजित गर्दै केपी ओली कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा संकटाले टाइब्रेकरमा ५–३ को जित दर्ता गरेको हो । निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । एपिएफ सुजन पुलामीको प्रहारलाई संकटाका गोलरक्षक दीप कार्कीले असफल पार्दै […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – केपी ओली कप फुटबल प्रतियोगिताका आज दुई खेल हुँदैछन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा पहिलो खेल एपिएफ एफसी र संकटा एफसी बिच हुनेछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा एपीएफ एफसी र संकटा एफसी भिड्ने छन् । खेल बिहान साढे ११ बजे सुरु हुनेछ । एपिएफ लगातार तेस्रो […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]