12 months ago
March 1, 2024
एजेन्सी – ला लिगा प्रतिद्धन्द्धी एट्लेटिको मड्रिडलाई पराजित गर्दै एथलेटिको क्लब बिल्वाओ कोपा डेल रेको फाइनला प्रवेश गरेको छ ।
सेमिफाइनलको दोस्रो लेगमा ३–० को तथा समग्रमा ४–० को जितसँगै बिल्वाओले फाइनलमा स्थान पक्का गरेको हो । पहिलो लेगमा बिल्वाओले १–० को जित निकालेको थियो ।
सान मेमेस बारिया, बिल्वाओ स्पेनमा बिहीबर राति भएको खेलमा घरेलु टोली बिल्वाओलाई सहज जित दिलाउन इनाकी विलियम्स, निको विलियम्स र गोर्का गुरुजेटाले गोल गरे ।
खेलको १३औं मिनेटमा नै इनाकीको गोलबाट घरेलु टोली बिल्वाओले अग्रता लिन सफल भएको थियो । उनले निको विलियम्सको पासमा गोल गर्न सफल भएका थिए । ४२औं मिनेटमा निकोले इनाकीको पासमा गोल गर्दै बिल्वाओलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।
त्यसपछि ६१औं मिनेटमा गोर्का गुरुजेटाले गोल गर्दै बिल्वाओको जित पक्का गरे । खेलमा पछि परेको एट्लेटिकोले बल पोसेसन राख्दै घरेलु टोलीमाथि दवाव बढाएपनि गोल गर्न नसक्दा पराजय बेहोर्न पुग्यो ।
बिल्वाओले क्वाटरफाइनलमा बार्सिलोना तथा एट्लेटिकोले प्रि–क्वाटरफाइनलमा रियल म्याड्रिड र क्वाटरफाइनलमा सेभियालाई पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेको थियो । तर, एट्लेटिकोको यात्रा सेमिफाइनलमै पूर्णविराम लाग्यो ।
अब बिल्वाओले उपाधिका लागि मलोर्कासँग ६ अप्रिलमा प्रतिस्पर्धा गर्देछ । मलोर्काले बुधबार राति रियल सोसिडाडलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै फाइनलमा स्थान बनाउन सफल भएको थियो ।
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – संकटा फुटबल क्लबले एपिएफ फुटबल क्लबलाई पराजित गर्दै केपी ओली कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा संकटाले टाइब्रेकरमा ५–३ को जित दर्ता गरेको हो । निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । एपिएफ सुजन पुलामीको प्रहारलाई संकटाका गोलरक्षक दीप कार्कीले असफल पार्दै […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – केपी ओली कप फुटबल प्रतियोगिताका आज दुई खेल हुँदैछन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा पहिलो खेल एपिएफ एफसी र संकटा एफसी बिच हुनेछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा एपीएफ एफसी र संकटा एफसी भिड्ने छन् । खेल बिहान साढे ११ बजे सुरु हुनेछ । एपिएफ लगातार तेस्रो […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]