default_image

12 months ago

March 1, 2024

रोनाल्डोविना अल नासर रोकियो

870 views

0 Bookmark

एजेन्सी – कप्तान तथा स्टार भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डो अनुपस्थित रहँदा ब्राजिली फरवार्ड एन्डर्सन टालिस्काको ह्याट्रिकका बावजुत अल नासर साउदी प्रो लिगमा रेलिगेसन क्षेत्रमा रहेको अल हाजिमसँग बराबरीमा रोकिएको छ ।

घरेलु मैदानमा अल नासर चार पटक अग्रता लिएरपनि त्यसलाई जोगाउन नसक्दा अल हाजिमसँग ४–४ गोलको बराबरीमा रोकिन पुगेको हो ।

अल नासरका लागि एक गोल साडियो मानेको नाममा रह्यो । अल हाजिमका एहमद अल मेमेद, टोजी, फाइज सेलेमानी र पाउलो रिकार्डाेले गोल गरे ।

अल अवाल पार्कस्थित किङ साउद युनिभर्सिटीमा बिहीबार राति गोलको वर्षा भएको खेलको ३१औं मिनेटमा टालिस्काको गोलबाट अल नासरले अग्रता लिन सफल भएको थियो ।

५३औं मिनेटमा एहमद अल मेमेदले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ६१औं मिनेटमा टालिस्काले गोल गर्दै अल नासरलाई पुनः २–१ को अग्रता दिलाए ।

६६औं मिनेटमा टोजीले गोल गर्दै खेललाई पुनः २–२ गोलको बराबरीमा ल्याए । ७१औं मिनेटमा टालिस्काले ह्याट्रिक पूरा गर्दा अल नासर खेलमा पुन? ३–२ ले अघि रह्यो । तर, ८४औं मिनेटममा फाइज सेलेमानीले गोल गर्दै खेललाई ४–४ गोलको बराबरीमा ल्याए ।

इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा साडियो मानेले गोल गर्दै अल नासरर्ला खेलमा चौथोपटक अग्रता दिलाए । तर, अल नासरको त्यो चौथो अग्रता पनि लामाे समय टिकेन । इन्ज्युरी समयको थप गरिएको नवौं मिनेटमा पाउलो रिकार्डाेले गोल गर्दै अल नासरबाट अंक खोस्न सफल भए ।

अल नासरका नियमित कप्तान रोनाल्डो एक खेलको प्रतिबन्धका कारण यस खेलमा समावेश थिएनन् । अलशबाबमाथि ३–२ को जित निकालेको खेलमा समर्थकहरूलाई उक्साएको भन्दै उनलाई साउदी अरेबिया फुटबल फेडेरेसन (साफ) ले एक खेलसँगै ३० हजार साउदी रियल जरिवाना गरेको थियो ।

यस बराबरीसँगै अल नासर एक खेल कम खेलेको शीर्षस्थानको अल हिलालसँग ६ अंकले पछि पर्दा उपाधि दौड कमजोर बनेको छ । दोस्रो स्थानमा रहेको अल नासरको २२ खेलबाट ५३ अंक पुगेको छ ।

एक खेल कम खेलेको अल हिलालको ५९ अंक छ । अल नासरलाई रोकेको अल हाजिम १५ अंक जोडेर रेलिगेसन जोनको १७औं स्थानमा छ ।

February 25, 2025

संकटा केपी ओली कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – संकटा फुटबल क्लबले एपिएफ फुटबल क्लबलाई पराजित गर्दै केपी ओली कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा संकटाले टाइब्रेकरमा ५–३ को जित दर्ता गरेको हो । निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । एपिएफ सुजन पुलामीको प्रहारलाई संकटाका गोलरक्षक दीप कार्कीले असफल पार्दै […]

February 25, 2025

केपी ओली कपमा‌ आज पनि २ खेल

काठमाडौं (हाम्रो खेलकुद ) – केपी ओली कप फुटबल प्रतियोगिताका आज दुई खेल हुँदैछन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा पहिलो खेल एपिएफ एफसी र संकटा एफसी बिच हुनेछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा एपीएफ एफसी र संकटा एफसी भिड्ने छन् । खेल बिहान साढे ११ बजे सुरु हुनेछ । एपिएफ लगातार तेस्रो […]

February 24, 2025

दीपेन्द्र धनगढीको ब्रान्ड एम्बासडरमा नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]

Success

Thank you for your time.