default_image

12 months ago

March 1, 2024

साम्बा वाफकी सर्वाधिक गोलकर्ता

3133 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बा बिहीबार साउदी अरेबियामा सम्पन्न पश्चिम एसियाली फुटबल महासंघ (वाफ) को सर्वाधिक गोलकर्ताको बनेकी छिन् ।

व्यवासयिक जिम्मेवारीका कारण फाइनल खेल्न नपाएकी साम्बाले सेमिफाइनलसम्ममा ९ गोल गरेकी थिइन् । सेमिफाइनलसम्म पहिलो रोजाईमा खेलेकी सम्बाले सिरियाविरुद्ध ४–१ को जितमा १ गोल गरेकी थिइन्। इराकविरुद्ध ५–० को जितमा सबै गोल उनले नै गरेकी थिइन् । सोही खेलमा उनले नेपालका लागि ५० अन्तर्राष्ट्रिय गोलको कोसेढुंगा पार गरेकी थिइन् ।

नेपालका लागि सर्वाधिक गोल गर्ने पुरुष खेलाडीलाई साम्बाले निकै पछाडि छाडेकी छिन्। पुरुषका लागि हरि खड्का, निराजन रायमाझी र अन्जन विष्टको नाममा समान १३ गोल छ । वाफमा प्यालेस्टाइनविरुद्ध ४–० को जितमा साम्बाले २ गोल गरेकी थिइन् ।

सेमिफाइनलमा १–० पछि परेर अन्तमा लेबनान २–१ ले हराएको खेलमा साम्बाले बराबरी गोल गरेकी थिइन् । सर्वाधिक गोलकर्ताको सुचीमा दोस्रो स्थानमा मायशा जब्रहा (५ गोल) छिन् । साम्बाको अनुपस्थितिमा सर्वाधिक गोलकर्ताको ट्रफी टोलीकी व्यवस्थापक विन्द्रा देवानले ग्रहण गरेकी थिइन् ।

फ्रान्सेली क्लब एन अभान्ट ग्वेंगाम्पमा अनुबन्धित साम्बाले फिफाको नियम अनुसार क्लबमा फर्कनुपर्ने भएकाले फाइनल गुमाउनुपरेको थियो । फिफा विन्डोमा रहेको राष्ट्रिय टोलीको खेलमा मात्र खेलाडीले अनिवार्य उपस्थिति जनाउनु पर्ने नियम छ ।

वाफ च्याम्पियनसिपको समूह चरणको खेल फिफा विन्डोमा रहेको तर नकआउट चरणका खेल भने फिफा विन्डो थिएनन् ।फिफाले फेब्रुअरी १९ देखि २८ तारिखलाई महिलातर्फ फिफा विन्डो तोकेको थियो । फिफा विन्डोमा राष्ट्रिय खेलाडीले ३ खेलसम्म खेल्न पाउने प्रावधान छ । समूह चरणमा नै ३ खेल खेलिसकेपछि पनि ग्वेंगाम्पले साम्बालाई सेमिफाइनल खेल्न दिएको थियो ।

फ्रान्सेली लिगमा ग्वेंगाम्पले शनिबार महत्त्वपूर्ण खेल खेल्दैछ । वाफको फाइनल खेलेर शनिबारको खेलमा उपलब्ध हुने सम्भावना नभएपछि क्लबले सेमिफाइनल पछि साम्बालाई बोलाएको हो । रेलिगेसन क्षेत्रमा रहेको लिलसँगको खेल ग्वेंगाम्पको लागि महत्त्वपूर्ण छ । दुई क्लबबीच ४ अंकको फरक छ । त्यो खेल जिते साम्बा सम्मिलित टोली रेलिगेसनबाट बच्ने लगभग पक्का हुनेछ ।

वाफको ९ गोलसँगै साम्बा दक्षिण एसियाली महिला खेलाडीमा पनि सर्वाधिक गोल गर्ने खेलाडीको सुचीको शीर्षस्थानमा उक्लेकी छिन् । ४६ खेलमा साम्बाको गोल संख्या ५३ पुगेको छ । उनले भारतीय नांगोम बाला देवी (५२ गोल) पछि पारेकी हुन् । साउदीबाट साम्बा बिहीबार नै फ्रान्सतर्फ गएकी थिइन् ।

नेपाल जोर्डनसँग फाइनलमा पेनाल्टी सुटआउटमा ५–३ ले पराजित भएको थियो । निर्धारित समय २–२ मा बराबरीमा टुंगिएको थियो । जोर्डन छैटौं पटक उपाधि जित्न सफल भएको हो । नेपाल पहिलो सहभागितामा नै फाइनल पुग्न सफल भएको थियो ।

February 25, 2025

संकटा केपी ओली कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – संकटा फुटबल क्लबले एपिएफ फुटबल क्लबलाई पराजित गर्दै केपी ओली कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा संकटाले टाइब्रेकरमा ५–३ को जित दर्ता गरेको हो । निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । एपिएफ सुजन पुलामीको प्रहारलाई संकटाका गोलरक्षक दीप कार्कीले असफल पार्दै […]

February 25, 2025

केपी ओली कपमा‌ आज पनि २ खेल

काठमाडौं (हाम्रो खेलकुद ) – केपी ओली कप फुटबल प्रतियोगिताका आज दुई खेल हुँदैछन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा पहिलो खेल एपिएफ एफसी र संकटा एफसी बिच हुनेछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा एपीएफ एफसी र संकटा एफसी भिड्ने छन् । खेल बिहान साढे ११ बजे सुरु हुनेछ । एपिएफ लगातार तेस्रो […]

February 24, 2025

दीपेन्द्र धनगढीको ब्रान्ड एम्बासडरमा नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]

Success

Thank you for your time.