12 months ago
February 29, 2024
काठमाडौं (हाम्रो खेलकुद) – वाफ महिला च्याम्पियनसिप अन्तर्गत जोर्डन विरुद्ध उपाधि भिडन्तको सुरुवाती ११ मा नेपालले तीन परिवर्तन गरेको छ । जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा फाइनल नेपाली समय अनुसार राती ९:४५ बजेदेखि सुरु हुनेछ ।
सेमिफाइनलमा लेवनानविरुद्ध खेलेको सुरुवाती-११ बाट फ्रान्स फर्किएकी सावित्रा भण्डारी, अनिता केसी अनिता बस्नेत बाहिरिएका छन् । उनीहरूको स्थानमा दीपा शाही, रश्मी कुमारी घिसिङ र सविता राना मगर टोलीमा अटाएका छन् ।
नेपाल र जोर्डन जारी प्रतियोगिताका दुई अपराजित टोली हुन् । साविक विजेता समेत रहेको जोर्डन वाफको ५ पटकको च्याम्पियन हो । नेपालले पहिलो पटक यो प्रतियोगिता खेल्ने मौका पाएको हो ।
मंगलबार भएको सेमिफाइनलमा नेपालले लेबनानलाई २-१ ले पराजित र जोर्डनले प्यालेस्टाइनलाई ५-० ले हराउँदै एकअर्कासँगको भेट पक्का गरेको थियो ।
समूह चरणमा दुबै टोलीले सबै ३ खेल जितेको थियो । जोर्डनको फाइनलसम्मको यात्रा सहज रह्यो । समूह चरणमा सजिलो साथ अघि बढेको नेपालले सेमिफाइनलमा लेबनानको कडा चुनौतीको सामना गर्नुपरेको थियो। १-० को पछि परेको खेल उल्टाउँदै नेपाल उपाधि नजिक पुगेको थियो ।
फिफा वरियतामा नेपाल भन्दा जोर्डन माथि छ । महिला फुटबलको वरियतामा नेपाल १ सय पाँचौं र जोर्डन ७४औं स्थानमा छ ।
वाफमा नेपालले ४ खेलमा १५ गोल गर्दै २ गोलको सामना गरेको छ भने जोर्डनले १३ गोल गर्ने क्रममा १ गोल खाएको छ ।
नेपालको सुरुवाती ११:
एन्जिला तुम्बापो सुब्बा (कप्तान तथा गोलकिपर), पूजा राना, गिता राना, अमृता जैशी, हिरा कुमारी भुजेल, दीपा शाही, प्रिती राई, सविता राना मगर, अमिषा कार्की, रेखा पौडेल, रश्मी कुमारी घिसिङ
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – संकटा फुटबल क्लबले एपिएफ फुटबल क्लबलाई पराजित गर्दै केपी ओली कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा संकटाले टाइब्रेकरमा ५–३ को जित दर्ता गरेको हो । निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । एपिएफ सुजन पुलामीको प्रहारलाई संकटाका गोलरक्षक दीप कार्कीले असफल पार्दै […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – केपी ओली कप फुटबल प्रतियोगिताका आज दुई खेल हुँदैछन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा पहिलो खेल एपिएफ एफसी र संकटा एफसी बिच हुनेछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा एपीएफ एफसी र संकटा एफसी भिड्ने छन् । खेल बिहान साढे ११ बजे सुरु हुनेछ । एपिएफ लगातार तेस्रो […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]