default_image

12 months ago

February 29, 2024

एनआरटी केपी ओली कपको फाइनलमा

1074 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – न्यु रोड टिम (एनआरटी) केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

दशरथ रंगशालामा जावलाखेल युवा क्लबमाथि ३-० को जित निकाल्दै एनआरटीले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । एनआरटीको जितमा संजिव विष्टले दुई तथा विवेक गुरुङले १ गोल गरे ।

खेलको छैटौं मिनेटमा नै विवेक गुरुङले एनआरटीलाई अग्रता दिलाए । बायाँ विंगबाट आएको क्रसमा विवेकले फार पोस्टमा अनमार्क रहेको अवस्थामा ६ यार्ड बक्स नजिकबाट सहजै गोल गरे ।

दोस्रो हाफमा संजिवले लगातार २ गोल गर्दै एनआरटीको जित पक्का गरे । ५० औं मिनेटमा रिचार्ड विल्सनको पासमा मिडफिल्डबाट बल अघि बढाउँदै गोलरक्षक उनेश चौधरीलाई वन भर्सेस वनमा बिट गरे । लगत्तै पेनाल्टी क्षेत्र बाहिरबाट उनले गरेको प्रहारमा उनेश बिट भएपछि स्कोर ३-० पुगेको थियो ।

दोस्रो हाफको मध्यतिर जावलाखेलका निरज चौधरी घाइते भए । विवेकको ट्याकल आगड उनलाई एम्बुलेन्समा अस्पताल लागिएको थियो ।

आजै हुने दोस्रो सेमिफाइनलमा साविक विजेता मछिन्द्र फुटबल क्लब र भारतको मानेभन्ज्याङ्ग फुटबल क्लब खेल्नेछन् । फाइनल फागुन १९ गते दशरथ रंगशालामा नै हुनेछ ।

प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् । गत वर्ष केपी ओली कपको उपाधि मछिन्द्र क्लबले जितेको थियो ।

February 25, 2025

धनगढीको मुख्य प्रशिक्षकमा स्पेनका मार्टिनेज नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिगको आगामी सिजनका लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । धनगढीले मंगलवार स्पेनिस प्रशिक्षकलाई नियुक्त गरेको जनाएको हो । धनगढीका अनुसार मार्टिनेजसॅंग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव छ । प्रशिक्षकसँग युईएफए प्रो लाईसेन्स छ ।धनगढी एफसीको मुख्य प्रशिक्षकमा नियुक्त […]

February 25, 2025

भुटानी टोली हराउँदै मछिन्द्र सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप  फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ।  रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]

February 25, 2025

काठमाडौंमा यूईएफए प्रो लाइसेन्स प्राप्त प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) टोली काठमाडौं रेजर्सले युरोपेली फुटबल संघ (यूईएफए) को प्रो लाइसेन्स प्राप्त गरेका प्रशिक्षक प्याट्रिक डे वाइल्डलाई अनुबन्ध गरेको छ । रेजर्सले एनएसएलको तेस्रो सिजनका लागि प्याट्रिकलाई अनुबन्ध गरेको सामाजिक संजालमार्फत सार्वजनिक गरेको हो । उनले अल्जेरियाको राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकका साथै चीनको यू-२३ टोलीमा पनि काम […]

Success

Thank you for your time.