default_image

6 months ago

February 28, 2024

साम्बाले जोर्डनविरुद्ध फाइनल नखेल्ने 

12507 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – वाफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपाली महिला राष्ट्रिय टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारी साम्बा नखेल्ने भएकी छन् ।

एन्फाले बुधबार आफ्नो फेसबुक पेजमार्फत साम्बा जोर्डन विरुद्ध फाइनल नखेल्ने जनाएको छ । साउदी अरेबियामा‌ जारी प्रतियोगितामा नेपाल र जोर्डनबीच बिहीबार फाइनल हुनेछ।

नेपालले मंगलबार सम्पन्न सेमिफाइनलमा लेबनानलाई २-१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । उक्त खेलमा नेपालका लागि बराबरी गोल समेत गरेकी साम्बा फाइनलमा अनुपस्थित हुने छिन् ।

फ्रान्सेली क्लब एन अभान्ट ग्वेंगाम्पमा अनुबन्धित साम्बाले फिफाको नियम अनुसार फिफा विन्डोमा रहेको राष्ट्रिय टोलीको खेलमा मात्र अनिवार्य उपस्थिति जनाउनु पर्ने नियम रहेको छ । वाफ च्याम्पियनसिपको समूह चरणको खेल फिफा विन्डोमा रहेको तर नकआउट चरणका खेल भने फिफा विन्डो बाहिर छन् ।

फिफाले फेब्रुअरी १९ देखि २८ तारिखलाई महिलातर्फ फिफा विन्डो तोकेको थियो । जसमा ३ खेलसम्म खेल्न पाउने प्रावधान छ । साम्बाले समूह चरणमा नै ३ खेल खेलिसकेपनि ग्वेंगाम्पले साम्बालाई सेमिफाइनल खेल्न दिएको थियो ।

तर फ्रान्सेली लिगमा ग्वेंगाम्पले मार्च २ मा निकै महत्त्वपूर्ण खेल खेल्ने र वाफको फाइनल खेलेर उक्त खेलका लागि उपलब्ध हुन नसक्ने भएपछि क्लबले सेमिफाइनल पछि नै उनको माग गरेको छ । रेलिगेसन क्षेत्रमा रहेको लिलसँगको खेल ग्वेंगाम्पको लागि निकै महत्त्वपूर्ण छ । दुई क्लबबीच ४ अंकको फरक छ र यो खेल जिते साम्बा सम्मिलित टोली रेलिगेसनबाट बच्ने लगभग पक्का हुनेछ ।

फिफाको राष्ट्रिय टोली र क्लब सहभागिताको नियम अनुसार क्लबको सम्झौता हुँदा फिफा मितिमा मात्र राष्ट्रिय टोलीमा अनिवार्य सहभागी हुनुपर्ने प्रावधान छ । तर क्लब र फुटबल संघबीच सहमति भएको अवस्थामा भने मिति बाहिर पनि खेल्न पाउनेछन् ।

सन् २०१७ को फिफा अन्डर १७ विश्वकपमा इंग्ल्याण्डले उपाधि जित्दा पनि यस्तै अवस्था आएको थियो । त्यसबेला बोरुसिया डर्टमुन्डले मिडफिल्डर जेडन सान्चो इंगलिस टोलीमा भएपनि समूह चरणको खेलपछि फिर्ता बोलाएको थियो ।

विगतमा नेपालले नै सहभागिता जनाएको दक्षिण एसियाली खेलकुदको दौरान पनि रोहित चन्द व्यावसायिक अनुबन्धनमा हुँदा फिफा विन्डो बाहिर भएको प्रतियोगिता खेल्न पाएका थिएनन् ।

वाफ च्याम्पियनसिपमा खेलेका सबै ४ खेलमा गोल गरेकी साम्बाको गोल संख्या ९ छ । उनी प्रतियोगिताको सर्वाधिक गोलकर्ता सूचीमा अग्रस्थानमा छिन् ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.