1 year ago
February 28, 2024
एजेन्सी – एर्लिङ हालान्डले ५ गोल गरेपछि एफए कपमा म्यानचेस्टर सिटीले लुटन टाउनलाई ६-२ ले पराजित गरेको छ। सिटी एफए कपको क्वाटरफाइनलमा पुगेको छ ।
दोस्रो पटक एकै खेलमा ५ गोल गरेका हालान्डको सिटीका लागि त्यो आठौं ह्याट्रिक हो। पहिलो हाफमानै हालान्डले ह्याट्रिक गरेपछि सिटी पहिलो हाफमा ३-१ ले अघि बढेको थियो।
तेस्रो मिनेटमा पहिलो गोल गरेका हालान्डले १८ औं मिनेटमा दोस्रो र ४० औं मिनेटमा अर्को गोल थप्दै ह्याट्रिक पूरा गरेका थिए। लुटनका लागि क्लार्कले ४५ औं र ५२ औं मिनेटमा गोल गरेका खेल प्रतिस्पर्धात्मक बनेको थियो।
तर हालान्डले ५५ औं र ५८ औं मिनेटमा गोल गरेपछि सिटी पुनः बलियो अवस्थामा पुगेको थियो। सिटीका मेटाउले गोल गर्दै गोलअन्तर बढाएका थिए। हालान्डका पहिलो ४ गोलमा केभिन डि ब्रुएनेले असिस्ट गरेका थिए।
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]