12 months ago
February 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिप अन्तर्गत सेमीफाइनल खेलमा लेबनानविरुद्ध नेपालले आफ्नो सुरुवाती ११ सार्वजनिक गरेको छ । प्रशिक्षक राजेन्द्र तामाङले समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइन विरुद्ध खेलेको टोलीलाई नै निरन्तरता दिएका छन् ।
खेल नेपाली समय अनुसार १०:४५ बजे प्रिन्स अब्दुल्लाह अल फैसल स्पोर्ट्स सिटीमा सुरु हुने छ ।
आक्रमणमा सावित्रा भण्डारीलाई साथ दिन रेखा पौडेल, अनिता बस्नेत र अमिषा कार्की छन् । मिडफिल्डमा प्रिती राई र अनिता केसी खेल्दैछन् । डिफेन्समा पुजा राना, अमृता जैशी, हिरा भुजेल र गीता राना छन् । एन्जिला तुम्बापो सुब्बा कप्तान तथा गोलरक्षकमा छिन् ।
नेपालले समूह चरणमा तीन वटै खेलमा जित दर्ता गर्दै समूह विजेता बनेर सेमीफाइनल प्रवेश गरेको हो ।
नेपालले समूह चरणको पहिलो खेलमा सिरिया माथि ४-१ को सानदार जित हात पारेको थियो । यस्तै दोस्रो खेलमा नेपालले इराकलाई ५-० ले हराएको थियो । खेलको पाँच गोल नै साम्बाले गरेकी थिइन् । तेस्रो खेलमा नेपालले प्यालेस्टाइन माथि ४-० को जित निकालेको थियो ।
उता लेबनानले भने गुआम र साउदी अरेबियामाथि जित हात पारेको थियो भने जोर्डन विरुद्ध पराजित हुदै समूह उपविजेता बन्दै सेमीफाइनल प्रवेश गरेको थियो ।
फाइनल खेल बिहीबार हुने छ । नेपाल गुआम सहित प्रतियोगितामा आमन्त्रित टोली हो ।
February 25, 2025
हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनलम काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै भद्रपुर ब्लेजर्सले उपाधि नजिक पुगेको हो । ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले काउर्नलाई ४-३ गोल अन्तरले पराजित […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । धनगढीले मंगलवार स्पेनिस प्रशिक्षकलाई नियुक्त गरेको र उनीसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव रहेको जनाएको छ। मार्टिनेज युईएफए प्रो लाईसेन्स प्राप्त प्रशिक्षक हुन्। धनगढी एफसीको मुख्य प्रशिक्षकमा […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ। रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]