12 months ago
February 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो केपी ओली कप फुटबल प्रतियोगितामा आज सेमिफाइनल प्रवेशका लागि २ खेल हुँदैछन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहान ११:३० बजे हुने पहिलो खेलमा आयोजक केपी ओली एफसी र जावलाखेल युथ क्लब भिड्ने छन् । केपी ओली एफसीले उद्दघाटन खेलमा चर्च ब्वाइज युनाइटेड माथि ३-० को जित निकाल्दै जावलाखेल विरुद्धको भेट पक्का गरेको हो । यस्तै जावलाखेलले भने पहिलो चरणमा बाइ पाउँदै आज पहिलो खेल खेल्दै छ ।
यो खेलको विजेताले सेमिफाइनलमा न्यू रोड टिम (एनआरटी) विरुद्ध खेल्ने छ । एनआरटीले थ्री स्टार क्लबलाई हराउँदै सेमिफाइनलमा पुगेको थियो ।
यस्तै दिउँसो ३:०० बजे सुरु हुने दिनको दोस्रो खेलमा नेपाल पुलिस क्लब र साविक विजेता मछिन्द्र एफसी भिड्ने छन् । पुलिसले पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा हराएको थियो। मछिन्द्रले आज प्रतियोगिताको पहिलो खेल खेल्दै छ ।
यो खेलको विजेताले फाइनल प्रवेशका लागि भारतीय क्लब मानेभञ्ज्याङ एफसी विरुद्ध खेल्ने छ । मानेभञ्ज्याङले अर्को भारतीय टोली दिल्ली एफसी विरुद्ध जित निकालेको थियो ।
प्रतियोगिताका सेमिफाइनल अगाडिका खेलहरु सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने छन् । सेमिफाइनल र फाइनल दशरथ रंगशालामा हुनेछन् । फाइनल फागुन १९ गते हुनेछ ।
नेपाल युवा संघद्वारा आयोजित प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् । गत वर्ष केपी ओली कपको पहिलो संस्करणको उपाधि मछिन्द्र क्लबले जितेको थियो ।
February 25, 2025
हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनलम काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै भद्रपुर ब्लेजर्सले उपाधि नजिक पुगेको हो । ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले काउर्नलाई ४-३ गोल अन्तरले पराजित […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । धनगढीले मंगलवार स्पेनिस प्रशिक्षकलाई नियुक्त गरेको र उनीसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव रहेको जनाएको छ। मार्टिनेज युईएफए प्रो लाईसेन्स प्राप्त प्रशिक्षक हुन्। धनगढी एफसीको मुख्य प्रशिक्षकमा […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ। रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]