1 year ago
February 26, 2024
काठममाडौं (हाम्रो खेलकुद) – घरेलु फुटबलको माथिल्लो स्तरको सहिद स्मारक ए डिभिजन लिग अर्को वर्ष मात्र आयोजना हुने भएको छ ।
यो वर्ष बी र सी डिभिजन आयोजना गर्न असफल भएको अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमबार बसेको साधारण सभाले अर्को वर्षको क्यालेन्डर पारित गरेको प्रवक्ता सरेश शाहले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
एन्फाले २०८१ पुस १२ गतेदेखि आयोजना गर्ने क्यालेन्डरमा उल्लेख गरेको छ । ए डिभिजन लिग पुस १२ देखि २०८२ जेठ १५ गतेसम्म सञ्चालन हुनेछ । अबको ए डिभिजन लिग डबल राउन्ड रोविन लिगका आधारमा शुक्रबार, शनिबार र आइतबार समान २ खेल खेलाइने उल्लेख छ ।
पटक पटकको प्रयासमा पनि बी र सी डिभिजन आयोजना गर्न असफल एन्फाले अर्को महिनाबाट आयोजना गर्ने योजना बनाएको छ । क्यालेन्डर अनुसार सी डिभिजन लिग चैत २२ गते र बी डिभिजन लिग चैत २५ गतेबाट सुरु हुनेछ ।
एन्फाले अर्को वर्ष एन्फा यू १६ युथ लिग, जिल्ला लिग, यु २१ फुटबलस, यू १५ छात्रा छात्र फुटबल, ग्रास रुट लिग, प्रदेश लिग, एन्फा प्रेसिडेन्ट लिग, ललित स्मृति यु १८ युथ लिग र यु १८ महिला युथ लिग, ए डिभिजन फुटसल लिग आयोजना गर्ने उल्लेख गरेको छ ।
महिला लिग च्याम्पियनसिप दुई चरणमा आयोजना गर्ने गरि एन्फाले क्यालेन्डर तयार पारेको छ । पछिल्लो दुई वर्ष एन्फाले महिला फुटबलमा कुनै प्रतियोगिता गरेको छैन । प्रवक्ता शाहका अनुसार साधारण सभाले २०७९/८० को आयव्यय विवरण र २०८०/८१ आर्थिक वर्षका लागि ६७ करोड ६७ लाख ६६ हजार ६० रुपैयाँको अनुमानित बजेट पास गरेको छ ।
केन्द्रिय समितिका आधा भन्दा बढी पदाधिकारी र सदस्य उपस्थित नभएपनि सोमबार बसेको नियमित साधारण सभाले प्रस्तावित सबै विषयलाई पास गरेको थियो ।
एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित पदाधिकारी, सदस्य १० जना र बी डिभिजन लिग क्लबले बहिष्कार गरेको साधारण सभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए ।
केन्द्रिय कार्यसमितिले पास गरेको भन्दा बाहेकका विषयलाई साधारण सभाको विषय सुचीमा समावेश गरेको भन्दै केन्द्रिय समितिका १० जनाले वहिष्कार गरेका थिए । बी डिभिजन लिगका १४ क्लब भने यसपटकको साधारण सभाको प्रतिनिधि छनोटबाटै नै सहभागी भएन । एन्फाका १ सय ५ सदस्य संस्थाका मताधिकार प्राप्त ७७ मध्ये ७४ साधारण सभामा उपस्थित भएको शाहले बताएका थिए ।
February 25, 2025
हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनलम काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै भद्रपुर ब्लेजर्सले उपाधि नजिक पुगेको हो । ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले काउर्नलाई ४-३ गोल अन्तरले पराजित […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । धनगढीले मंगलवार स्पेनिस प्रशिक्षकलाई नियुक्त गरेको र उनीसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव रहेको जनाएको छ। मार्टिनेज युईएफए प्रो लाईसेन्स प्राप्त प्रशिक्षक हुन्। धनगढी एफसीको मुख्य प्रशिक्षकमा […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ। रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]