1 year ago
February 26, 2024
काठमाडौं (हाम्रो खेलकुद) – चार नेपाली युवा खेलाडी उतारेको आई-लिग टोली दिल्ली एफसीलाई पराजित गर्दै अर्को भारतीय टोली मानेभञ्ज्याङ एफसी केपी ओली कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबारको खेलमा मानेभञ्ज्याङले ३-१ को पुनरागमन जित दर्ता हो ।
सुरुवाती समयमा खेलमा पकड भएपनि खेल अगाडि बढेसँगै पकड गुमाएपछि दिल्ली पराजित भयो । नेपाली युवा गोलकिपर जियारत शेखले बिर्सनलायक प्रदर्शन गरे ।
दिल्लीले खेलको २८औं मिनेटमा खेलमा अग्रता लिएको थियो । आर्यन आम्लाले एकल रन बनाएर बक्स बाहिरबाट लिएको प्रहारले जाली चुमेको थियो । तर मानेभञ्ज्याङले पहिलो हाफमा नै दुई गोल गरी अग्रता आफ्नो पक्षमा ल्याएको थियो ।
३५औं मिनेटमा डिफेन्डर जिन एनिसेट एम्बौमीले बक्स बाहिरबाट शक्तिशाली प्रहार गरेर खेल बराबरीमा ल्याएका थिए । शक्तिशाली प्रहारलाई जियारतले बचाउ गर्ने प्रयास समेत गर्न पाएनन् ।
४०औं मिनेटमा शोखरुखले खेलमा मानेभञ्ज्याङलाई अग्रता दिलाए । जियारत बक्स बाहिर बल क्लियर गर्न आएपनि बल शोखरुख उनीभन्दा अघि त्यहाँ पुगेर बल उनको माथिबाट खेले । पोस्टतर्फ गएको सो बललाई उनले हेडर प्रहार गर्दै गोललाइन कटाएका थिए ।
५६औं मिनेटमा मानेभञ्ज्याङका गोलकिपर लालमुआनसंगाले ताकुटो मिकीको प्रहार बचाए । ५९औं मिनेटमा उनले इकोमोबोङ फिलिप्सलाई विफल पारे । ६५औं मिनेटमा शोखरुखको प्रहारमा पोस्ट बाधक बन्यो । ६९औं मिनेटमा शोखरुखकै प्रहार जियारतले बचाएपछि केही क्षणपछि उनको अर्को प्रहार पोस्टको केही टाढाबाट बाहिरियो ।
७५औं मिनेटमा मानेभञ्ज्याङले अर्को गोल थप्यो । सभेलिय अब्रामोभले सानदार फ्रिकिक प्रहार गर्दै अग्रता दुई गोलको बनाएका थिए ।
७९औं मिनेटमा दिल्लीका कुशल देउवाले बक्सबाहिरबाट गरेको प्रहार पोस्टको थोरै टाढाबाट बाहिरिएको थियो ।
मानेभन्ज्याङले सेमिफाइनलमा मछिन्द्र एफसी र नेपाल पुलिस क्लब बीचको विजेता विरुद्ध खेल्नेछ । मंगलबार हुने पहिलो खेलमा आयोजक केपी ओली एफसी र जावलाखेल युथ क्लब भिड्ने छन् । दोस्रो खेलमा मछिन्द्र र पुलिस दिउॅसो ३ बजे खेल्नेछन् ।
प्रतियोगिताका सेमिफाइनल अगाडिका खेलहरु सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने छन् । सेमिफाइनल र फाइनल दशरथ रंगशालामा हुनेछन् । फाइनल फागुन १९ गते हुनेछ ।
प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् । गत वर्ष केपी ओली कपको पहिलो संस्करणको उपाधि मछिन्द्र क्लबले जितेको थियो ।
February 25, 2025
हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनलम काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै भद्रपुर ब्लेजर्सले उपाधि नजिक पुगेको हो । ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले काउर्नलाई ४-३ गोल अन्तरले पराजित […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । धनगढीले मंगलवार स्पेनिस प्रशिक्षकलाई नियुक्त गरेको र उनीसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव रहेको जनाएको छ। मार्टिनेज युईएफए प्रो लाईसेन्स प्राप्त प्रशिक्षक हुन्। धनगढी एफसीको मुख्य प्रशिक्षकमा […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ। रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]