1 year ago
February 26, 2024
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभामा प्रस्तुत विषयसूचीमा असहमति जनाउँदै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित पदाधिकारी र सदस्यहरुले सभा बहिष्कार गरेका छन्।
साधारणसभाको विषयसूची तय गर्न एन्फा मुख्यालयमा फागुन ३ गते देखि ६ गतेसम्म केन्द्रिय कार्यसमिति बैठक सन्चालन भएको स्मरण गर्दै उनीहरुले विभिन्न बिषयमा घनिभुत छलफल भएको तर बहुमत सदस्यहरुको निर्णयमा असहमति रहेकोले निर्णयहरु नभएको बताइएको छ ।
त्यसमा महासचिव किरण राईले उपस्थितिको हस्ताक्षरको दुरुपयोग गरी निर्णय भएको भनि विषयसूची पेश गरेकोमा गर्नु आफूहरुको गम्भिर असहमति रहेको बताइएका छन् ।
साधारण सभा बहिष्कार गर्नेमा वरिष्ठ उपाध्यक्ष खड्का
सहित उपाध्यक्ष विराट जंग शाही, दिर्घ बहादुर केसी (कुमार), सदस्यहरु अनिल मल्ल, रविन्द्र चन्द्र, मनिष जोशी, रुपेश अधिकारी, भोजराज शाही, रमेश व्यन्जनकार छन् । देश बाहिर रहेकी सदस्य पेमा लामाले पनि यसमा सहमति जनाएको बताइएको छ।
साधारण सभाको बन्द सत्र जारी छ । एन्फाका पूर्व अध्यक्ष तथा ए डिभिजन क्लब हिमालय शेर्पाका अध्यक्ष
कर्मा छिरिङ शेर्पाले कार्यसमितिका बहुमत सदस्यको उपस्थिति नरहेको साधारण सभा औचित्यहिन हुने भन्दै सभाबाट बाहिरका थिए।
एन्फाको नियमित साधारण सभाको विशेषसूची
February 25, 2025
हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनलम काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै भद्रपुर ब्लेजर्सले उपाधि नजिक पुगेको हो । ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले काउर्नलाई ४-३ गोल अन्तरले पराजित […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । धनगढीले मंगलवार स्पेनिस प्रशिक्षकलाई नियुक्त गरेको र उनीसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव रहेको जनाएको छ। मार्टिनेज युईएफए प्रो लाईसेन्स प्राप्त प्रशिक्षक हुन्। धनगढी एफसीको मुख्य प्रशिक्षकमा […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ। रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]