1 year ago
February 26, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को नियमित साधारण सभा सोमबार सुरु भएपनि वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित पदाधिकारी र केही सदस्यहरु सहभागी भएका छैनन् । उनीहरू सभा हल बाहिर रहेका छन्।
साधारण सभाका लागि तय भएको विषय सुचीमा नै केन्द्रिय समितिका १० जनाले असहमति जनाउँदै आइतबार एन्फामा निवेदन दर्ता गराएका थिए । फागुन ३ देखि ६ गते सम्म ४ दिन बसेर भएको निर्णय भन्दा बाहिर गएर साधारण सभा सभाको विषय सुची तयार भएको भन्दै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालगायत १० जनाले असहमति जनाएका हुन् ।
साधारण सभामा सहभागिहरुको उपस्थिति हल बाहिर नै गराएकोमा पनि उनीहरूले आपत्ति जनाएका छन् । एन्फाका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पाले महासचिव किरण राईलाई बाहिरै उपस्थितिमा दस्तखत गराएको आपत्ति जनाएका थिए।
एन्फामा निवेदन दर्ता गर्दा गर्दै १० जनाले एन्फा महासचिव किरण राईले आफूहरुको उपस्थितिको दुरुपयोग गरेको आरोप उनीहरुले लगाएका छन् । एन्फाको पछिल्लो बैठकले साधारण सभामा पेश गर्नका लागि ६ वटा एजेण्डामा मात्र निर्णय गरेको थियो ।
गत आर्थिक वर्षको लेखा परिक्षण प्रतिवेदन बैठकमा छलफल भएको तर सम्पूर्ण कैफियतको निराकरण नभएसम्म पास नगर्ने भनिएपनि प्रतिवेदनलाई जस्ताको त्यस्तै पेश गर्ने तयारी भएकोमा उनीहरुले आपत्ती गरेका छन् ।
उनीहरुले प्रतिवेदनलाई सोही रुपमा पेश गर्ने भए लेखा परिक्षकले प्रस्तुत गरेको म्यानेजमेन्ट लेटर साधारण सभाका सम्पूर्ण सदस्यलाई लेखा परिक्षण प्रतिवेदन संगै वितरण गरिनुपर्ने र लेखा परिक्षण प्रतिवेदनको सम्पूर्ण जिम्मेवारी अध्यक्ष, महासचिव र कोषाध्यक्षले लिनुपर्ने माग गरेका छन् ।
संघको आर्थिक नियमावली र आर्थिक कार्यविधि संशोधन प्रस्ताव कार्यसमिति बैठकमा आर्थिक समिति गठन पश्चात सो समितिले दिएको सुझावको आधारमा कार्यसमितिमा छलफल गर्ने सहमती बनेको उल्लेख गर्दै उनीहरुले कार्यसमितिबाट पारित नभएको बताएका छन् ।
कार्यसमितिका वरिष्ठ उपाध्यक्ष खड्कासहित उपाध्यक्षद्धय दीर्घ बहादुर केसी (कुमार), विराटजंग शाही र सदस्यहरु, पेमा डोल्मा लामा, रमेश ब्यञ्जनकार, अनिल मल्ल, भोजराज शाही, रविन्द्र चन्द, मनिष जोशी, रुपेश अधिकारीले आफूहरुको उपस्थिती दुरुपयोग भएको भन्दै साधारण सभा अगावै निर्णय पुस्तिका उपलब्ध गराउन माग गरेका छन् ।
लागु औषध खैरो हिरोइनको कारोबारमा अदालतबाट दोषी रहेको र सजाय भुक्तान नगरी फरार रहेको पाइएको भनिएका एन्फा उपाध्यक्ष दावा लामा उपस्थिति छैनन् । लामा वाहेक मन्चमा सबै पदाधिकारीको नाम प्लेट राखिएको छ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङको मुख्य आतिथ्यतामा उद्घाटन सत्र सम्पन्न भएको छ।
February 25, 2025
हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनलम काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै भद्रपुर ब्लेजर्सले उपाधि नजिक पुगेको हो । ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले काउर्नलाई ४-३ गोल अन्तरले पराजित […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । धनगढीले मंगलवार स्पेनिस प्रशिक्षकलाई नियुक्त गरेको र उनीसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव रहेको जनाएको छ। मार्टिनेज युईएफए प्रो लाईसेन्स प्राप्त प्रशिक्षक हुन्। धनगढी एफसीको मुख्य प्रशिक्षकमा […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ। रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]